अनुपम सहकारी अध्यक्षमा पालिखे

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
Anupam

पोखरा । अनुपम बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–४, चिप्लेढुंगाको १० औं साधारणसभा तथा तेस्रो अधिवेशनले संचालक समिति अध्यक्षमा जेहेन्द्रमान पालिखेलाई निर्वाचित गरेको छ । पालिखे यसअघि पनि अध्यक्ष थिए ।

संस्थाको सोमबार भएको अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समिति उपाध्यक्ष गिरिप्रसाद पौडेल, सचिव झमबहादुर गुरुङ, कोषाध्यक्ष अमृता भण्डारी तथा सदस्यमा डिल्लुराम श्रेष्ठ, नाना गुरुङ र ज्ञानेन्द्रलाल माकाजू चयन भए ।

यस्तै, लेखा समिति संयोजक नारायणप्रसाद पाण्डे तथा सदस्यमा तीर्थराज भण्डारी र गनकुमारी गुरुङ छन् । संस्थाको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघि संस्थाको साधारणसभा उद्घाटन प्रमुख अतिथि पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले गरेका थिए । संस्थाका अध्यक्ष जेहेन्द्रमान पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ उपाध्यक्ष अम्बिका गौतम, बचत तथा ऋण संघका संचालक देवेन्द्र बास्तोला, फेवा टेलिभिजनका अध्यक्ष मीनबहादुर गुरुङ, नेफ्स्कुनका सहायक व्यवस्थापक दीप्ति आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको सहकारी व्यवस्थापक ईश्वर भुसालले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष गिरिप्रसाद पौडेलको स्वागत मन्तव्य राखेको कार्यक्रममा सहकारीका ७ सिद्धान्त वाचन अमृत भण्डारीले गरेका थिए भने संचालन सचिव खिमबहादुर गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेडक्रसलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लि.ले रेडक्रस सोसाइटी कास्कीलाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट…
  • रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक…
  • ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष गणेशकुमार श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथ पिलएका छन् । उनले नेपाल राष्ट्र…
  • ग्रीन बैंकको वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं संयुक्त वार्षिक साधारणसभा चैत २७ गते सम्पन्न भएको छ । बैंकको…
  • ग्रिन बैंक र फिस्टेलबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र २४, २०८०
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीका लागि फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिसँग विभिन्न स्वास्थ्य…

hero news full width

Recent Posts

भर्खरै