कास्की मोडनाइज्डमा अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७९
kaski modernized

पोखरा । पोखरा–१४ स्थित कास्की मोडनाइज्ड एकेडेमीले विद्यालय र कक्षा १२ का विद्यार्थीको संयुक्त व्यवस्थापनमा कक्षा ११ मा भर्ना भएका व्यवस्थापन, विज्ञान र होटेल म्यानेज्मेन्टका नयाँ विद्यार्थीलाई स्वागत एवं अभिमुखिकरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रत्येक विषयको आ–आफ्नो प्रकृति, भविष्य र सफल ढंगको अध्ययन पद्दतिबारे शिक्षक इन्द्र भुषाल, सुशील अधिकारी र खेम चालिसेले प्रकाश पारेका थिए । विद्यालयको बारेमा विद्यालय इन्चार्ज एवं प्लस टु को–अर्डिनेटर शिवलाल उपाध्यायले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा नेपालीले नयाँ भर्ना हुने विद्यार्थीलाई सफलताको कामना गरिन् ।

कार्यक्रम अध्यक्षको आसनबाट विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले कक्षामा नियमित, अनुशासन, मिहेनत र चरित्रलाई प्रमुख महत्वमा जोड दिए । उनले अहिलेको अवस्थामा पढाइमात्र नभै खेलकुद, कला, नृत्य, संगीत, नाटक सबै क्षेत्रमा विद्यार्थीलाई सबल बनाउनुपर्ने भनी सोहीखालका कक्षासमेत सञ्चालन गर्दै आएको जानकारी दिए ।

विविध सांस्कृतिक कार्यक्रमसाथ सञ्चालन गरिएको सो कार्यक्रममा कक्षा–१२ का सुजन गुरुङ र उपमा न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । कक्षा–११ की छात्रा कृपा थापाले धन्यवाद ज्ञापन गरिन् । कार्यक्रम सञ्चालन शिक्षक शिवु ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width