एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग

आदर्श समाज सम्वाददाता
असार १९, २०७९
Vending machine

पोखरा । कालिका बहुमुखी क्याम्पसलाई एनएमबी बैंकले सेनिटरी प्याड भेन्डिङ मेसिन सहयोगस्वरूप प्रदान गरेको छ ।

बैंकको पोखरामा रहेको गण्डकी प्रदेश कार्यालयले क्याम्पसका छात्राको आवश्यकतालाई ध्यानमा राखी सो मेसिन प्रदान गरेको हो । विद्यालय तथा क्याम्पस तहका छात्रा महिनावारीको समयमा स्कुल तथा क्याम्पस अनुपस्थित हुने समस्या अझै पनि उत्तिकै छ । उक्त समस्या नहोस् भनेर बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पसलाई २ मेसिन प्रदान गरेको प्रदेश प्रबन्धक माधव अधिकारीले जानकारी दिए ।

समारोहमा बैंकका प्रदेश शाखा प्रबन्धक माधव अधिकारी, चिप्लेढुंगा शाखाका म्यानेजर सुदीप पौडेल र अफिसर सरस्वती गुरूडले उक्त मेसिन क्याम्पस प्रमुख विरन्जी गौतमलाई हस्तान्तरण गरे । सो अवसरमा क्याम्पस प्रमुख गौतम र निवर्तमान क्याम्पस प्रमुख रवीन्द्रनाथ बास्तोलाले बैंकलाई धन्यवाद दिंदै सहयोगको निरन्तरताको लागि अपील गरे ।

कार्यक्रम संचालन सहायक क्याम्पस प्रमुख युवराज गुरूडले गरेका थिए । यसअघि पनि सो बंैकले सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पस प्रतीक्षालयमा फलामे कुर्ची प्रदान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width