एथलेटिक्स रेफ्री तथा निर्णायक सेमिनार

आदर्श समाज सम्वाददाता
असार १७, २०७९
Athletics News Judges seminar 1 (1)

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा गण्डकी प्रदेश एथलेटिक्स खेललक्षित निर्णायकलाई रेफ्री तथा निर्णायक सेमिनार सुरु भएको छ ।

प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिता विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्देश्य साथ उक्त कार्यक्रम आयोजना गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।

प्रशिक्षणको अग्रज खेलाडी तथा राष्ट्रिय खेलकुदका पूर्व सदस्य खड्गबहादुर रानाभाटले बुधबार शुभारम्भ गरे । उनले निर्णायकमा समर्पण, अनुशासन हुनुपर्ने कुरामा जोड दिए ।

परिषद् सदस्य सचिव तेजबहादुर गुरुङले प्रदेशमा एथलेटिक्स खेलका गतिविधि बढेसँगै सक्षम निर्णायक आवश्यकतासमेत रहेकोले यो कार्यक्रम आयोजना गरिएको बताए । एथलेटिक्स सबै खेलको समेत ‘फादर अफ दि गेम’ मानिने भएकोले पहिलो चरणमा एथलेटिक्स लक्षित कार्यक्रम अघि बढाइएको बताए ।

नेपाल ओलम्पिक कमिटि महासचिव नीलेन्द्रराज श्रेष्ठले परिषद्ले आफ्नो स्थापनको छोटो अवधिमा समेत उत्कृष्ट कार्य गरेको बताउँदै प्रशंसा गरे । ३ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा एथलेटिक्सका विज्ञ शुसिल नरसिंह राणाले प्रशिक्षण दिने छन् । प्रशिक्षक राणाले उद्घाटन कार्यक्रममा खेलाडी तथा दर्शकलाई उत्साह जगाउन तथा एक सक्षम खेलाडीको उत्पादनमा समेत निर्णायकको भूमिका उत्तिकै प्रभावकारी हुने बताए ।

प्रदेश खेलकुद परिषदका सदस्य तथा कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले समेत बोलेका थिए । सेमिनारमा २५ जनाको सहभागिता छ ।

Related News

सम्बन्धित समाचार

hero news full width