तनहुँमा सय एक परिवारलाई लालपूर्जा वितरण   

आदर्श समाज सम्वाददाता
असार १०, २०७९
lalpurja

दमौली ।   जिल्ला नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाविसअन्तर्गत १७ गाउँ ब्लकमा नापी सम्पन्न भएपछि ती परिवारलाई लालपूर्जा वितरण गरिएको हो ।

गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा पूर्जा वितरण गर्नुभएको हो ।

पूर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैङ्कबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न तथा अंशवण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सानाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो ।

एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्सा गर्न छुटेको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगचलनका आधारमा पूर्जा वितरण गरेको हो । कार्यालयले यसअघि तनहुँको आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा पनि गाउँ ब्लकअन्तर्गतका पूर्जा वितरण गरेको थियो । जिल्लामा २०७१ सालदेखि गाउँ ब्लक नाप्न थालिएको हो ।  रासस

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्ण गापाले सार्वजनिक गर्‍ यो वर्षभरीका उपलब्धि

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा, ६ जेठ ।अन्नपूर्ण गाउँपालिकाले पछिल्लो १ वर्षमा गरेका कार्य समेटेर छापिएको पुस्तक ‘अन्नपूर्ण दर्पण भाग २’ आइतवार सार्वजनिक गरेको…
  • पेमा धेछेन्लिङ गुम्बामा प्रवचन

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । २५६८ औं बुद्ध जयन्ती एवं सागा दावा तिथिको अवसरमा आयोजित धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । पेमा…
  • एकातिर खोला, अर्कैतिर पुल

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    म्याग्दी ।  जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  •  १०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…      

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं ।  खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो…

hero news full width