तारकाङमा नेलम्बोको स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७९
nelambo

हेमजा । मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले सामाजिक क्रियाकलापका क्षेत्रमा नेलम्बो नेपालको भूमिका महत्वपूर्ण रहदै आएको बताएका छन् ।

नेलम्बो नेपाल तथा गाउँपालिकाको आयोजनामा आइतबारबाट वडा ४ स्थित तारकाङमा सुरु निशुल्क मुख तथा दन्त शिविरको उद्घाटन गर्दै अध्यक्ष गुरुङले त्यस्तो बताएका हुन्।

उनले नेलम्बोको क्रियाशीलताको प्रशंसा गर्दै सिक्लेस र गाउँपालिकाको पूर्वी भागलाई पनि लक्षित गरी पुनःशिविर संचालन गरिदिन आग्रह पनि गरे।उनले घरदैलोमा आएको शिविरबाट फाइदा लिन स्थानीयवासीलाई आग्रह गर्दै आफ्नो कार्यकालमा नेलम्बोसँग सहकार्य गरी अन्य रचनात्मक क्रियाकलाप पनि अगाडि बढाउने प्रतिबद्धता जनाए ।

उपाध्यक्ष कल्पना गुरुङले कोभिड संक्रमणका समयमा नेलम्बोले गरेको सहयोग निकै सरानीय रहेको चर्चा गरिन् । गुरुङले दाँत रहेमात्रै आँत रहने उल्लेख गर्दै दाँतको उपचार महङगो पर्ने पनि औंल्याइन् ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले सहकार्य तथा सक्रिय सहभागिता भएका ठाउँमा मात्रै संस्थाले गतिविधि संचालन गर्ने उल्लेख गर्दै नेलम्बोले शिक्षा, स्वास्थ्य, वातावरण र अनुसन्धानका क्षेत्रमा कार्य गर्दै आइरहेको स्पष्ट पारे । उनले दाँत तथा मुख स्वास्थ्यका कारण धेरै दीर्घरोग लाग्ने गरेको चर्चा गर्दै त्यस्ता रोग नलागुन भन्ने उद्देश्यले शिविर संचालन गरिएको पनि औंल्याए ।

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जनप्रतिनिधिको चाहनाअनुसार शिविर संचालन गरिएकोमा धन्यवाद दिए । उनले गाउँपालिकाले नागरिकमैत्री क्रियाकलापलाई महत्व दिंदै आएको प्रष्टाए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बरालले आधारभूत स्वास्थ्य मौलिक हक भएको उल्लेख गर्दै दाँत स्वास्थ रहेमात्रै शरीर निरोगी रहने स्पष्ट पारे । वडा ४ अध्यक्ष शिवप्रसाद सापकोटाले वडास्थित विद्यालयलाई पनि शिविरमा सहभागी गराउने प्रयास भइरहेको बताए ।

जेठ २६ सम्म संचालन हुने उक्त शिविरमा दन्त चिकित्सक डा. सिजन मरासिनीको नेतृत्वमा सहायक दन्त चिकित्सकद्वय स्नेहा खड्का र सुष्मी बुढामगर, क्नीकल सहयोगी विजय बलम्पाकी मगर, जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीसहित नेलम्बोका कर्मचारीहरु मुक्त माल, रुपेश गुरुङ र नम्रता ढुङगाना खटिएका छन् ।

शिविरको पहिलो दिन आइतबार कुल ७५ जनाको दन्त परीक्षण गरिएको छ । जसअन्तर्गत ८ जनाको दाँत सफा, ९ जनाको दाँत भर्ने, ९ जनाको एक्सरे, १३ जनाको दाँत निकाल्ने तथा ४ जनाको जरैदेखि उपचार भएको छ । कुल ४३ वटा उपचार पद्दति अगाडि बढेका छन् ।

वडाध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बरालले स्वागत तथा वडासचिव बलराम सापकोटाले कार्यक्रम संचालन गरे ।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार…
  • पोखरा चाइल्ड स्टार उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा चाइल्ड स्टार सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका छन् । केटीतर्फ फस्ट रनरअप ईन्दु…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • बड्स एकेडेमीमा सदन विभाजन

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो,…
  • स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । ‘रेशम फिरिरी’ गीतका गीतकार एवं सर्जक बुद्धि परियारको स्मृति ग्रन्थ सार्वजनिक गरिएको छ । समानान्तर साहित्यिक मञ्च पोखराले…

hero news full width