पोखरा वडा ७ मा पदस्थापना

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७९
pokhara ward 7

पोखरा । पोखरा वडा ७ का नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा पदस्थापना कार्यक्रम भएको छ । निवर्तमान वडाध्यक्ष रामचन्द्र बराल, कर्मचारी र दलका प्रतिनिधि, आमा समुह, युवा क्लब लगायत संस्थाका पदाधिकारीले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गर्दै पदस्थापना गराएका हुन् ।

पदभार गर्दै नवनिर्वाचित वडाध्यक्ष राममोहन आचार्यले घरदैलोका क्रममा वडावासीले राखेका गुनासोको समेत सम्बोधन हुने गरी घोषणपत्रमा उल्लेखित सबै प्रतिबद्वता पूरा गर्न अबको ५ वर्ष लागिपर्ने बताए । वडा सदस्यतर्फबाट बोल्दै महिला सदस्य बसुन्धरा लामिछानेले वडावासीले विश्वास गरेर दिएको मतको सम्मान गर्दै सोहीअनुसार वडावासीको हितमा आफुहरुले काम गर्ने बताइन् ।

निर्वतमान वडा अध्यक्ष रामचन्द्र बरालले ५ वर्षको कार्यकालमा आफूले हरसम्भव वडावासीको हितमा काम गरेको दाबी गर्दै अपुरा काम पूरा गर्न शुभकामना दिए । अध्यक्षका प्रत्यासी एवं निवर्तमान वडा सदस्य किशोर बरालले नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिंदै वडाको समग्र विकासका लागि आफू साथमा रहने बताए ।

कांग्रेस वडा इकाइ सभापति नवीनराज बरालले अबको ५ वर्ष राजनीतिभन्दा माथि उठेर समावेशी तवरले काम गर्न शुभकामना दिए । कार्यक्रममा स्वागत वडासचिव वविता आचार्य र संचालन रुद्र बस्ताकोटीले गरेका थिए । चुनावमा वडाध्यक्ष कांग्रेसले जित्दा एमालबाट सदस्यहरु निर्वाचित भएका हुन् । जसमा बसुन्धरा लामिछाने, सुनिता सुनार, अर्जुन थापा र विष्णुमणि बराल निर्वाचित भए ।

Related News

सम्बन्धित समाचार

hero news full width