शिक्षकलाई कम्प्युटर तालिम

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७९
computer training

हेमजा । माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा पालिकाभरिका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि १० दिने कम्प्युटर तालिम सम्पन्न भएको छ ।

कम्प्युटरमा आधारभूत ज्ञान नभएका शिक्षकलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिम ११ केन्द्र विद्यालयमा संचालन गरियो । जसमा छिमेकी विद्यालयका शिक्षकहरु सहभागी भए ।

सो पालिकास्थित शारदा, माछापुच्छ्रे, शुक्लागण्डकी, महेन्द्र, बराह, भुमेश्वर, उदय, पृथ्वीनारायण, सहिद हरिप्रसाद, निष्पक्ष, तारेबराह, गौरीशंकर मनिलाल मावि/आविमा तालिम भएको हो ।

तालिमको गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले निरीक्षण पनि गरे । निरीक्षणका क्रममा उनले शिक्षकहरु सक्रियतापूर्वक सहभागिता भएको पाएको प्रतिक्रिया दिए ।

तालिमको अन्तिम दिन सहभागीले १० दिनसम्म सिकेका कुरा समेटेर अनलाइन परीक्षासमेत दिए ।

तालिममा अमृतकुमार भण्डारी, टीकाराम गौतम, प्रदीप कुँवर, लोकनाथ आचार्य, नीलराज अधिकारी, ऋषिराम तिमिल्सिना, बलराम विक, वसन्त दाहाल, मथुराप्रसाद सुवेदी, केदार पौडेल, दुर्गाबहादुर रावत, धार्मेश जायसवाल र लीलाधर अधिकारीले प्रशिक्षण दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width