पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
एनएसजेएफको १७ औं वार्षिक साधारणबाट सुवेदी आगामी ३ वर्षका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । निर्वाचनमा सुवेदीले ५९ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी प्रकाश तिमिल्सिनाले ३३ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा नीरञ्जन अधिकारी, उपाध्यक्ष सञ्जीव शिल्पकार र गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिव अञ्जन खड्का र कोषाध्यक्ष सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
खुला सदस्यमा अनिल मल्ल ठकुरी, निशान राई र कुशल तिमिल्सिना निर्वाचित भए । अनिलले ६८, निशानले ६५ र कुशलले ५३ मत प्राप्त गरे । सदस्यका अर्का प्रत्यासी सञ्जीव शाहले २८ मत पाए । महिला सदस्यमा मुना कार्की निर्वाचित भइन् । महिला सदस्यमा विजयी मुनाले ६२ मत प्राप्त गरिन् । अर्का प्रत्यासित लक्ष्मी जिसीले ३१ मत प्राप्त गरिन् ।
मञ्चका कुल सदस्य १ सय जना रहेकामा नेपालमा उपलब्ध भएका ९८ सदस्यमध्येबाट ९४ मत खसेको थियो । निर्वाचित पदाधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्कीले प्रमाणपत्र प्रदान गरे । अध्यक्षमा निर्वाचित सुवेदीले अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका काम अबको कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१