हाम्रो देशको नागरिक उड्डयन क्षेत्रमा विगत केही समयदेखि आशलाग्दा लक्षण देखिन थालेका छन् । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को प्रतिनिधि मण्डलले नेपालमा आएर हाम्रो उडान सुरक्षाको नियामक निकायअन्तर्गत पालना गर्नुपर्ने ८ क्षेत्रका सूचकहरुको बिस्तृत जाँच गरेपछि आशलाग्दो लक्षण देखिएको हो । आइकाओको प्रतिवेदनमा नेपालले ७०.१ अंक पाएको उल्लेख छ । यो अंक एसिया क्षेत्रका हवाई यातायात नियमनकारी तथा सेवा प्रदायक निकायको दाँजोमा ९ प्रतिशत र विश्वको औसत दरभन्दा ४ प्रतिशत बढी हो । यो अंकले हाम्रो हवाई यातायातको सुरक्षालाई सुनिश्चित गरेको छ । यसले हाम्रो हवाई यातायातलाई युरोपियन युनियनका देशहरुमा पुग्न बाटो खोलिने अपेक्षा गरिएको छ । पहिले अर्थात् एक दशक अगाडि सुरक्षाको कारण देखाएर हाम्रो हवाई यातायातलाई इयुका देशहरुमा प्रवेश गर्न रोक लगाइएको थियो ।
हवाई यातायातको चर्चा गर्दा नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० विमानले भर्खरै सिधा साउदीको रियादसम्म उडान भएको उल्लेखनीय छ । हाम्रो हवाई यातायातले एकातिर विदेशतिर आफ्नो गन्तव्य खोज्दै छ भने अर्कोतिर भैरहवामा निर्मित हाम्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले दुई हप्तापछि व्यावसायिक उडान भर्ने भएको छ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई लक्ष्य गरेर निर्माण गरिएको विमानस्थलले बुद्धजयन्तीको दिनदेखि व्यावसायिक उडान भर्नु अर्काे महत्वपूर्ण कुरा हो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान भर्न कोही आउने हुन् कि होइनन् भनी सोधिरहेको बेला कुवेतको ख्यातिप्राप्त विमान कम्पनी जजिरा एयरलाइन्सले व्यावसायिक उडान भर्ने तत्परता देखाएको छ ।
यसैबेला पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । गौतम बुद्ध विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले हाम्रो उड्डयनको क्षेत्र ठूलो बनाउने छ । नेपाल एयरलाइन्सको लागि पनि यो ठूलो अवसर हो । नेपालको ध्वजावाहक जहाज कम्पनी सधैं नोक्सानमा गएको गुनासो धेरै सुनिन्छ । अब त्यसले पनि फेदैदेखि सोच्नुपर्यो । अरु विमान कम्पनी सबैले नेपालबाट नाफा कमाएर लगेका छन् भने त्यो कम्पनी सधैं किन घाटा हुन्छ । अब घाटा हुने छुट त्यसलाई हुँदैन । त्यसले आफ्नो प्रशासनिक यन्त्र चुस्त र फुर्तिलो पार्नुपर्यो । व्यवस्थापनमा व्यापक सुधार गर्नुपर्यो । कहिलेकाहीं राजनीतिक हस्तक्षेप भएको कारण त्यो कम्पनी घाटा भएको भन्ने सुनिन्छ । हाम्रा नेताहरुले जहाँ पनि हस्तक्षेप गर्ने गरेका छन् । जहाँ तिनीहरुले हस्तक्षेप गरेका छन्, त्यहीं बिग्रेको छ । त्यसकारण त्यो हस्तक्षेप हुनुभएन । कम्पनीका पदाधिकारीहरुले पनि अनुचित हस्तक्षेप कम्पनीलाई नै घाटा हुने हस्तक्षेप गर्न दिनुभएन । आखिर कम्पनीको जिम्मेवारी त पदाधिकारीकै हो । कसको पालामा नाफा भयो, कसको पालामा घाटा भयो भन्ने त जनताले हेरिहेका हुन्छन् । यस्तोमा सजग र सतर्क हुनु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१