प्रवीण स्मृतिमा सांस्कृतिक कार्यक्रम

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७९
lumle

हेमजा । लोकगायक प्रवीण गुरुङको स्मृतिमा लुम्लेमा बुधवारदेखि सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

उनको स्मृतिमा रि नी म्यो (दिदीबहिनी दाजुभाइ) तमु ट्हो धिं (समाज) को आयोजना तथा गाउँपालिकाको विशेष सहयोगमा आयोजित कार्यक्रम २ दिनसम्म चल्नेछ ।

कार्यक्रमबीच अन्नपूर्ण–२, सेराचौर निवासी लोकदोहोरी गायक प्रेमराज अधिकारी दोसल्ला, नगद र सम्मानपत्रसहित सम्मानित भए । लोकदोहोरी समाजमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई गाउँपालिकाले सम्मान गरेको हो।
त्यस अवसरमा दोहोरीगायक राजन कार्की र तारापति सुवेदीले प्रस्तुति राखे । त्यस्तै स्थानीय आमा समूह शुभकामना, काउरोड, जागृति, शिवशक्ति, प्रगति, देउराली, सर्वश्रेष्ठ, जलजला, राधाकृष्ण, रिनी म्यो, जनसेवा, राम उत्कृष्ट, उत्पीडिन, शुभकामना लगायतले झाँकीसहित प्रस्तुति राखेका थिए।

२०१८ माघ १ मा जन्मेका प्रवीण गुरुङको २०५१ साउन २२ मा काठमाडौंमा गाडी दुर्घटनामा परी निधन भएको थियो।

उनका ‘यो दाजुको मिरमिरे आँखा’, ‘सालैजो हितैको माया’, ‘फूल मायामा नभुल’, ‘माथिबाट को आयो सालको पात बजाउँदै’ लगायत गीतहरु चर्चित छन् ।

समाजका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुनगाभा युवा क्लब सचिव संजोग गुरुङले स्वागत तथा सांस्कृतिक संयोजक नवीन गुरुङ, समाजका सचिव राजु गुरुङ तथा कलाकार जीवन दाहालले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width