पोखरा । पोखरेली युवा सांस्कृतिक परिवार, पोखराले नेपाली गीतसंगीतका धरोहर अम्बर गुरुङको नाउँमा पुरस्कार घोषणा गरेको छ ।
पोखरामा आइतबार पत्रकार सम्मेलन गरी संस्थाले प्रत्येक २ वर्षमा प्रदान गर्ने गरी ‘अमर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ घोषणा गरेको हो । पुरस्कार राशि २ लाख रुपैयाँ, ताम्रपत्र र दोसल्ला रहनेछ । पुरस्कार आगामी वर्षदेखि प्रदान गरिने पोयुसापका अध्यक्ष मोती भुजेलले जनाए ।
नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको जन्म विसं १९९४ फागुन १५ गते बाबु उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङका सुपुत्रका रूपमा भारतको दार्जिलिङमा भएको थियो ।
उनको पुख्र्यौली घर तनहुँ हो । संगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१ मा ‘नौ लाख तारा उदाए’ भन्ने अगमसिंह गिरीले रचेको गीत रेकर्ड गरेका थिए । उनी २०२६ सालमा संगीत विभागका प्रमुखका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका थिए । उनले लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक कुन्जिनी र मुनामदनमा संगीत संयोजन गरेका थिए ।
५ दशकसम्म गीतसंगीतमा निरन्तर साधनारत रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका उनको सम्मानार्थ परिवारले पुरस्कार स्थापना गर्ने उद्देश्य राखेको थियो । उद्देश्यबमोजिम देश विदेशमा रहेर नेपाली गीत, संगीत, गायन र वाद्यवादनमा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रत्येक २ वर्षमा प्रदान गर्नका लागि पुरस्कार घोषणाा गरिएको आयोजकले जनायो ।
करीब ३ वर्षअघि भेट्रान ग्रुप हङकङले गायक तथा संगीतकार विक्रम गुरुङको ‘मेरो संगीत यात्रा’ कार्यक्रम आयोजना गरेको थियो । हङकङमा भएको कार्यक्रमबाट बचत ५ लाख अम्बर गुरुङको नाममा पुरस्कार स्थापना गर्न परिवारलाई हस्तान्तरण गरिएको थियो । २ वर्षअघि पोखरेली मञ्च युकेले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ नामक कार्यक्रम अयोजना गरेको थियो । उक्त कार्यक्रमबाट बचत २ लाख ५० हजार पनि सोही कोषमा थपिएको थियो ।
साहित्यकार सरूभक्त संयोजक रहेको पुरस्कार स्थापना समितिमा उक्त संस्कृतिकर्मी तीर्थ श्रेष्ठ सहसंयोजक र सदस्यमा विक्रम गुरुङ, आनन्द श्रेष्ठ, टोपबहादुर थापा, उषा शेरचन, अमृत गुरूङ, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षा, प्रकाश ज्ञवाली, डा. चैतन्य अधिकारी, शिव त्रिपाठी, मोती भुजेल (परिवारका अध्यक्ष, पदेन) र एमडी काफ्ले ( परिवारका संगीत संयोजक, पदेन) छन् ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१