मनाङमा आइतबारदेखि पुनःहिमपात, यातायात सेवा ठप्प

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७८
manang

मनाङ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ । आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन ।

यहाँको सडकको हिउँ हटाउन नपाउँदै हिमपात भएसँगै समस्या भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङको चामे र यस वरपरको तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको छ ।

“यहाँ पुनःहिमपात भएपछि सवारीसाधन चल्ने अवस्था छैन । भारी हिमपातले सवारी आवागमन अवरुद्ध भएको छ”, आचार्यले भन्नुभयो, “जनजीवन भने सामान्य रहेको छ ।”

मनाङ ङिस्याङ गाउँपालिकाको खाङ्सार, टङ्की र मनाङ च्याखु, भ्राका, मुङ्जे, घ्यारु, ङाबल, हुम्डे, पिसाङ, नार्पाभूमि गाउँपालिकाको नार, फू, क्याङ तथा च्याखु गाउँका साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक, तिमाङ र नासों गाउँपालिकाको तिल्चे, नाचे, ताचे, ओडार गाउँ, घेराङ गाउँ, घेलाञ्चोक गाउँ, थोंचे, धारापनी र तालगाउँमा भारी हिमपात भएको छ ।

पहाडी क्षेत्रमा वर्षा भएकाले जिल्लामा अझै पनि हिमपात हुनसक्ने देखिएको छ । हिमपात एवं चिसोबाट बच्न र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयले सूचना जारी गरी स्थानीयवासीलाई अनुरोध गरेका छन् ।    रासस

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • बड्स एकेडेमीमा सदन विभाजन

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो,…
  • स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । ‘रेशम फिरिरी’ गीतका गीतकार एवं सर्जक बुद्धि परियारको स्मृति ग्रन्थ सार्वजनिक गरिएको छ । समानान्तर साहित्यिक मञ्च पोखराले…
  • गाउँगाउँमा निशुल्क स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पाल्पा । बगनासकाली गाउँपालिकाले गाउँगाउँमा बृहत् स्वास्थ्य शिविर चलाएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक, असहाय र उपचारको लागि घरदेखि टाढा…

hero news full width