३४५औं समता काव्य सन्ध्या

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७८
samat program photo

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४५ औं शृंखला सम्पन्न भयो । ‘भ्यालेन्टाइन डे’ को छेको पारेर फागुन महिनाको पहिलो शनिबार, पोखरेली युवा सांस्कृतिक परिवार पोखराले समता काव्य सन्ध्याको आफ्नो नियमित शृंखलालाई विशेष ‘प्रेमिल शृङ्खलाका रुपमा सम्पन्न गरेको हो ।
काव्य सन्ध्यामा परिवारका सल्लाहकार कार्यक्रमका प्रमुख अतिथि बिम्व कवि रमेश श्रेष्ठले मानव जीवनमा प्रेम उमेर पनि उमेर अनुसार गरेको बताए । सानो उमेरमा चक्लेटसँग प्रेम गरियो । पछि जागीरसँग, अहिले परिवारसँग प्रेम गरिरहेको बताए ।
लेखक झलक सुवेदीले कवितामा आज प्रेमका भाव धेरै सुनिए तर कविले सामाजिक मुद्दामा पनि कलम चलाउनुपर्नेमा जोड दिए ।
काव्य सन्ध्याको ३४५ औं शृंखलामा १० कविले १/१ थान प्रेम/प्रणयपरक कविता वाचन गरेका थिए । कार्यक्रममा १० कविका रुपमा कविहरू लिली अधिकारी, आरती सिग्देल, मनीषा पौडेल, अम्बिका भण्डारी, सञ्जीव पौडेल, शरण आँसु, शिव त्रिपाठी, जीवनसागर भण्डारी, सरस्वती श्रेष्ठ सरू र डा. ईश्वरमणि अधिकारी रहेका थिए । परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा सह–सचिव शिव त्रिपाठीले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन साहित्य संयोजक रीता अधिकारी ऋतु ले गरेका थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width