सहारा एकेडेमीको अक्षयकोषमा १५ लाख सहयोग

आदर्श समाज सम्वाददाता
माघ ६, २०७८
sahara acacemy

पोखरा । सहारा क्लब पोखराले सञ्चालन गर्दै आएको सहारा एकेडेमीको अक्षयकोषमा रकम प्राप्त भएको छ । अक्षयकोषका लागि क्लब र ओएभिएस पोखराबीच सम्झौतापत्रममा हस्ताक्षरसमेत भयो ।
ओएभिएस पर्थ अष्ट्रेलियाका संचालक सुभाष श्रेष्ठ, ओएभिएस पोखराका संचालक निराजन कुँवर र समिता आचार्यले बुधबार ५ लाख रुपैयाँ एकेडेमीको अक्षयकोषका लागि क्लब अध्यक्ष हरिराम गुरुङ

‘सुरज’ लाई हस्तान्तरण गरे । यस्तै, आगामी २ वर्षसम्म बर्सेनि ५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

‘आत्मा साक्षि राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लबले पोखराको पर्यावाचीको रुपमा परिचित छ । क्लबले हरेक वर्ष गर्ने फुटबल प्रतियोगिताबाट बचत रकम दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुको निम्ति खर्च गर्दै आएको छ । एकेडेमीमा १४ जिल्लाका २४ बालक आश्रित छन् ।

यसैबीच, क्लबले माघ ६ देखि १५ सम्म पोखरा रंगशालामा २० औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिता गर्दैछ । सोको आवश्यक तयारी पूरा भएको क्लबले जनाएको छ । १० टिमको सहभागिता हुने प्रतियोगितामा संकटा क्लब, मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, विभागीय नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, हिमालय शेर्पा, थिस्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् । उद्घाटन खेल आयोजक र एपिएफबीच हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width