पोखरा । पोखरामा बगर भाइखलक एट ‘ए’ साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले टुँडिखेल खेलमैदानमा सोमबार प्रतियोगिता उद्घाटन गरे । खेल आगामी माघ १ सम्म चल्नेछ ।
उद्घाटन खेलमा पोखरा २०, भलामले पोखराकै दीप युनाइटेडलाई २–० गोलले पराजित गरेको छ । भलामका लागि मिलन राना र रमेश बस्नेतले समान १-१ गोल गरे । म्यान अफ दि म्याच भलामका मिलन राना घोषित भए । दोस्रो खेलमा चितवन भेट्रान्स विजयी भयो । पोखराको एबिसी क्लव ‘बि’ लाई चितवनले ५–० गोलअन्तरले पराजित गरेको हो । उसको जीतमा म्यान अफ दि म्याच शिवकुमार श्रेष्ठले २, शिवराज लामा, सुरेन्द्र चौधरी र हर्कराज गुरुङले १-१ गोलको योगदान दिएको प्राविधिक संयोजक खगेन्द्र्र गुरुङले जानकारी दिए ।
उद्घाटन अवसरमा खेलकुद विकासका लागि विशेष योगदान दिएकोमा पोखराका अग्रज खेलकर्मी महेश गुरुङ सम्मानित भए । उनलाई मन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, प्रतियोगिताको मुख्य प्रायोजक स्व.रञ्जित गुरुङका परिवार मेजर खुसीमान गुरुङ ‘एमभिओ’ लगायतले सम्मान गरेका थिए ।
उपाधि विजेताले १ लाख ५१ हजार पुरस्कार प्राप्त गर्ने
संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले प्रतियोगितालाई ११ वर्षसम्म निरन्तर सहयोग गर्नेहरुप्रति आभार प्रकट गरे । ४० वर्षदेखि ६५ वर्षको उमेर समूहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकुदप्रति अभिरुचि जगाउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकको भनाइ छ । २५ टिम सहभागी यो प्रतियोगिता भेट्रानको संस्थागतरुपमा नेपालमै पहिलो पटक सुरु भएको हो । प्रतियोगितामा कास्कीसहित काठमाडौं, वीरगन्ज, हेटौडा, चितवन, बुटवल, वालिङ लगायतका क्षेत्रको सहभागिता छ ।
उपाधि विजेताले १ लाख ५१ हजारसहित रनिङ सिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेताले ७५ हजार ५ सयसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई ट्रफीसहित ५ हजार दिइने छ । सेमिफाइलन पुग्ने २ टिमलाई १० हजार उपलव्ध गराइनेछ । सर्वोत्कृष्ट खेलाडीले १० हजार, अनुशासित टिम, प्रतियोगितामा सहभागी सबैभन्दा पाका खेलाडी सम्मान गरिने छ ।
२० लाख खर्च लाग्ने अनुमान गरिएकोमा २१ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान छ । सहारा युकेले द्वितीय पुरस्कार र चौधरी गु्रप समेतले सहप्रायोजन गरेका छन् ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को परीक्षा आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१