जोमसोम । हिमाली जिल्ला मुस्ताङमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले पार्टी कार्यालय स्थापना गरेको छ ।सो पार्टीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले एक समारोहकाबीच शनिबार मुस्ताङ सदरमुकाम जोमसोममा पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।मुस्ताङमा पार्टी कार्यालय स्थापनासंगै मनाङ बाहेक देशका ७६ वटै जिल्लामा नेकपा एसको पार्टी संगठन बिस्तार भएको हो ।
नेकपा एकिकृत समाजवादी मुस्ताङको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला मुस्ताङको जोमसोममा संम्पन्न भएको छ ।सो अगुवा कार्यकर्ता भेलाले कमरेड भीमबहादुर रसाइलीको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला कार्यसमिति समेत गठन गरेको छ ।मुस्ताङमा संगठन बिस्तारका लागि पुगेका नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले २००६ सालमा समतामूलक समाज निर्माण तथा कम्युनिष्ट आन्दोलनलाई संगठित गर्ने उद्देश्यले कमरेड पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टी निर्माण गरेको बताए । तर,नेकपा एमालेका अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको मर्म र भावना बिपरित एकलौटी पार्टी गतिबिधि संञ्चालन गरेको र कम्युनिष्ट बिरासत जोगाउन आफुहरुले एमालेमा बिद्रोह गरी नया पार्टी गठन भएको उनले उल्लेख गरे । एकिकृत सामजवादी कास्कीका नेता आचार्यले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले राज्यका सबै निकाय ध्वंंस्त पारेको आरोप लगाए ।
मुस्ताङमा नेकपा –एस०को कार्यालय स्थापनाका क्रममा नेकपा (एसका) जिल्ला अध्यक्ष भीमबहादुर रसाईलीले मुस्ताङका उत्पीडित समुदाय,आदीबासी जनजाती समुदायको हकहितका लागि नेकपा एकिकृत समाजवादी पार्टीैको ढोका जहिले सुकै खुल्ला रहने बताए ।
नेकपा एसको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई नेकपा माओवादीका जिल्ला नेता सत्यनारायण शेरचन र पेशागत महासंघ गण्डकी प्रदेश सदस्य भेषराज बास्तोला लगायतले सुभकामना दिएका थिए ।
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१