गोरखा। कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुङगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस निर्माण गरिने भएको छ ।
कार्यालयले केन्द्रको नाममा रहेको सम्पत्तिको खोजी गर्दै जाँदा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गा फेला परेपछि त्यसको संरक्षण र उपयोगका लागि नमूना ग्रिन हाउस, माछा पोखरी, च्याउ घर निर्माण गर्न लागेको कार्यालयका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । कार्यालयको नाममा भएको उक्त जग्गामा दुई भवन रहेको भए पनि गएको करिब ३५ वर्षदेखि उक्त जमिन र घर उपयोगविहीन हुँदै आएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो । “टिनको छाना भएका तीन÷तीन कोठे दुई भवन रहेछ, दुवै भवन जीर्ण अवस्थामा रहेको पाइयो,भवनको मर्मत सम्हार गर्ने र कार्यालयको नाममा रहेको जमिनलाई तारजाली गरी संरक्षण गर्न बजेट समेत प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेश सरकारबाट भवन संरक्षणलगायतका कामका लागि चालू आर्थिक वर्षमा रु ५० लाख रकम प्राप्त भएको छ । प्रदेश सरकारले कृषिज्ञान केन्द्रको स्रोत केन्द्र संरचनात्मक सुधार कार्यका लागि रु १० लाख विनियोजन गरेको छ भने उक्त नमूना ग्रीन हाउस निर्माणका लागि चालू आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
विनियोजित कार्यक्रमबाट उक्त जमिनमा तारजाली लगाउने, जीर्ण भवन मर्मत गर्ने, पानी पोखरी निर्माण गर्ने नमूना ग्रिन हाउस निर्माण गर्नेलगायतको योजना रहेको छ ।
त्यस्तै प्लाष्टिकको घर निर्माण गरी तरकारीखेती, नर्सरी निर्माण गरी बेर्ना उत्पादन गर्नेलगायतका योजनासमेत कार्यालयको रहेको कार्यालयले जनाएको छ । पानी पोखरी निर्माण गरी लिफ्टिङ गरी पोखरीको पानीको व्यवस्था गरिनेछ । उहाँले भन्नुभयो, “३०÷४० गोलासहितको घार राखेर मौरीपालन गर्ने योजना छ।” पहाडी खाद्यान्न आयोजनाले करिब २०४३ सालतिर कार्यालयको उक्त जमिनमा भवन निर्माण गरे पनि भवन प्रयोगमा नआउदा जीर्ण अवस्थामा पुगेको छ ।
Related News
सम्बन्धित समाचार
‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१