पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला सुरु भएको छ । कार्यशालाको गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरे । उनले नाटक निर्देशन कार्यशालाले प्रदेशको नाट्य क्षेत्रलाई थप क्रियाशील बनाउन सघाउने विश्वास व्यक्त गरे । नाटकमा पस्कने सामग्री जस्ताको तस्तै दर्शकमाझ पुग्ने भएकोले यसरी पस्कने सामग्रीमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
नेपाल संगीत तथा नाट्य एकेडेमीका पूर्व सदस्यसचिव संस्कृतीकर्मी तीर्थ श्रेष्ठले गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापनासँगै प्रदेशको साहित्य तथा कलाको क्षेत्रमा केही सकारात्मक संकेत देखिएको भन्दै खुसी व्यक्त गरे । कोरोनाका कारण थला परेको नाट्यक्षेत्र चलायमान बनाउन कार्यशालाले सघाउने उनको विश्वास छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा समाजशास्त्री डा. विश्वकल्याण पराजुली, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, प्राज्ञ सदस्य सुरेन्द्र गुरुङले बोलेका थिए ।
कार्यशालामा गण्डकीका मनाङ र मुस्ताङबाहेक ९ जिल्लाबाट २२ जनाको सहभागिता रहेको छ । कार्यशालाले गण्डकी प्रदेशमा नाटकप्रति आकर्षण बढाउन सहयोग पुग्ने प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार क्षेष्ठले बताए । यो वर्ष नाटकसँग सम्बन्धित ३ वटा कार्यक्रम प्रतिष्ठानले आयोजना गर्ने श्रेष्ठले जनाए ।
कात्तिक १५ सम्म कार्यशालामा १५ जना प्रशिक्षक रहने छन् । पोखरा थिएटरसँगको सहकार्यमा आयोजित कार्यशाला पोखरा थिएटरको गन्धर्व नाटकघरमा सञ्चालन हुनेछ ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१