मर्दी हिमाल फुटसललाई उपाधि

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७८
Futsal lekhnath

लेखनाथ । लेखनाथ जेसीजले दसैं अवसरमा आयोजना गरेको जेसीज फुटसल कप–२०७८ उपाधि मर्दी हिमाल फुटसल क्लबले हात पारेको छ ।
उपाधिसँगै मर्दी हिमाल फुटसलले ३० हजार हात पार्न सफल भएको छ । उपविजेता सगरमाथा फुटसल क्लबले २० हजार हात पारेको छ ।
जेसीज क्लबभित्रकै सदस्यको सहभागितामा काइटस फुटसलमा आयोजना गरिएको प्रतियोगितामा कुल ८ वटा टिमले सहभागिता जनाएका थिए । विजेता टिमलाई पुरस्कार वितरण गर्दै क्लब अध्यक्ष नवराज पौडेलले प्रतियोगिताको आयोजनाले क्लबका सदस्यबीचको भाइचारमा अझै वृद्धि भएर गएको र आगामी दिनमा पनि क्लबले यस कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए ।
कार्यक्रममा सम्पूर्ण क्लबका सदस्यबीच विजयादशी, दीपावली छठ एवं नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदानसमेत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width