सहारा युके महासचिव धनुको निधन

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७८
dhanu puran dies

पोखरा । सहारा युकेका महासचिव एवं तीनगाउँले थकाली सेवा समाज युके सचिव धनु पुरन थकालीको निधन भएको छ ।
५१ वर्षीय थकालीको अल्डरसटस्थित आफ्नै निवासमा बिहीबार बिहान निधन भएको सहारा युकेका अध्यक्ष कुमार गुरुङले जानकारी दिए । उनी केही महिनादेखि अस्वस्थ भएपछि निवासमै स्वास्थ्य लाभ गरिरहेका थिए ।
मुस्ताङको घरपझोङ–३, स्याङ निवासी उनी पोखराको नागढुंगा हुँदै बेलायत पुगेका थिए ।
यसैबीच, सहारा क्लब पोखराले उनको निधनमा दुःख व्यक्त गरेको छ । क्लब अध्यक्ष हरिराम गुरुङले शोक वक्तव्य जारी गर्दै क्लबका अति सहयोगी र सक्रिय थकालीको निधनबाट अपुरणीय क्षति पुगेको बताउँदै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width