पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक वृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्रमैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको पनि बताए ।
पोखरा उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारण सभाको बुधबार उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले प्रदेश समृद्धिका लागि पर्यटन मुख्य आधार भएको जिकीर गरे ।
‘दुई ठूला छिमेकीका उत्पादनसँग प्रतिष्पर्धा गर्दै उद्योग चलाउन कठीन छ !, उनले भने, ‘उद्योगको विकास हुनैपर्छ तर हाम्रो पहिलो प्राथमिकता पर्यटन नै हो । उनले उत्तर तिब्बत र दक्षिण भारत जोड्ने कोरोला– त्रिवेणी सडक बनेपछि व्यापार बढ्ने विश्वास पनि व्यक्त गरे । गण्डकी प्रदेश सरकारले साना व्यवसायीलाई लक्ष्य गरी ल्याएको व्यवसाय पुनरुत्थान कोषलाई अझै व्यवस्थित बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गण्डकीका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिलाउन प्रदेश सरकार लागिपरेको बताउँदै खोप पाएसँगै यहाँको पर्यटनले गति लिने आशा व्यक्त गरे । उनले पोखरा– जनकपुर हवाइ सेवा सुरु गर्न पहल गरिएको पनि बताए ।
कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार विकासमैत्री कानुन निर्माणसँगै कानुन परिमार्जनको लागि क्रियाशील भएको बताए । उनले अबका केही दिनमा गण्डकी प्रदेशमै निजी फर्म रजिस्टे«सनको व्यवस्था मिलाउन लागिएको जानकारी पनि दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले देशमा राजनीतिक अस्थिरता निम्त्याउनेहरु सक्रिय रहेको जिकीर गर्दै अस्थिर वातावरणमा आर्थिक समृद्धि सम्भव नभएको बताए । उनले आफूलाई अब्बल सावित गर्न गण्डकी प्रदेशले राजश्वका स्रोतहरु बढाउनुपर्ने र लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले राजश्व बढाउनको लागि लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वको क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै कोभिडबाट थलिएका व्यवसायीहरुलाई राज्ययले संरक्षण गर्नुपर्ने माग गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछिको पोखरा कस्तो हुने भन्नेबारे अहिलेदेखि नै तयारी थाल्नुपर्ने उनको भनाइ थियो ।
पोउवा संघका पूर्वअध्यक्ष दीपक श्रेष्ठले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै समृद्धि प्राप्त हुने बताए । संघका अर्का पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठले आर्थिक गतिविधि बढाउनको लागि वातावरणसँगै पोखराको भौतिक पूर्वाधार सुधारमा हुनुपर्ने धारणा राखे । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिडले थलिएका पर्यटन व्यवसायीहरुलाई राहत दिन गण्डकीबाटै बिदा पर्यटन सुरु गर्न माग गरे ।
कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखरा उद्योग वाणिज्य संघले पोखराको आर्थिक वातावरण चलायमान बनाउन विशेष कार्यक्रम ल्याउन सुझाए । पोउवा संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले कोभिडका कारण थलिएको व्यापार/व्यवसायलाई गति दिने कार्यक्रम ल्याउन प्रदेश सरकारसँग माग गरे । पश्चिमाञ्चल डिलर्स एसोसियनका अध्यक्ष मोहनबाबु खड्काले अटोमोबाइल्स क्षेत्रले राजश्व दिएको योगदानको चर्चा गर्दै कोभिडका कारण यो क्षेत्र तहसनहस भएको बताए ।
संघको बुधबार नै सम्पन्न बन्द सत्रले महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष बलराम आचार्यबाट प्रस्तुत आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको संघका उपमहासचिव केशवबहादुर खत्रीले बताए ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१