पोखरा । पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो ।
संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार शर्मालाई सो पुरस्कारबाट सम्मानित गरेका हुन् । पुरस्कारमा नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला रहेको छ । शर्मा कान्तिपुर राष्ट्रिय दैनिकका गण्डकी ब्युरो प्रमुख हुन् ।
पोखरा उद्योग वाणिज्य संघले पत्रकारिताका माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धिमा सघाउने पत्रकारलाई हरेक २ वर्षमा सो पुरस्कारबाट सम्मानित गर्दै आएको छ । संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित योग्य पत्रकार छनौट समितिको सिफारिसको आधारमा शर्मा पुरस्कृत भएका हुन् । समितिमा संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी तथा निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ सदस्य रहेका थिए । यसअघि उक्त पुरस्कारबाट पत्रकारहरु सन्तोष पाेखरेल, रुपनारायण ढकाल र भरत कोइराला सम्मानित भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१