पोखरा । नेपाली कांग्रेस मुस्ताङको जिल्ला कार्यसमिति सभापतिमा पूर्ववाणिज्य मन्त्री तथा संविधान सभा सदस्य रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीमा शुक्रबार भएको पार्टीको जिल्ला अधिवेशनले पूर्व मन्त्री थकालीलाई सभापति पदमा सर्वसम्मत निर्वाचित गरेको हो ।
मुस्ताङको ५ वटै स्थानीय तहमा चुनिएका क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यहरुको सहमतिमा २३ सदस्यीय मुस्ताङ जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनले उपसभापतिमा विजय हिराचन, महिला उपसभापतिमा ढोका गुरुङ, सचिवमा विकल शेरचन, छेवाङ नर्बु गुरुङ, सहसचिव नम्डुल गुरुङ र सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचनलाइै चयन गरेको छ । अधिवेशनले १५ जना कार्यसमिति समेत निर्विरोध निर्वाचित गरेको उनले बताए ।
यसअघि असोज ९ गते भएको कांग्रेसको पालिकास्तरीय निर्वाचनमा सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षसहित ५ वटै स्थानीय तहमा १ सय ५८ जना कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए । यस्तै, वडास्तरमा समेत सर्वसम्मत क्षेत्रिय प्रतिनिधि र क्रियाशिल सदस्य चयन गरिएको थियो। योसँगै मुस्ताङमा कांग्रेसले विवादरहित ढंगले सबै जिल्ला तहको निर्वाचन सम्पन्न गरेको शिक्षक मुस्ताङका अध्यक्ष आचार्यले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१