काठमाडौं । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ९२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १६ हजार ८०४ जना पुगेको छ । सो अवधिमा एक हजार ४०५ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६९ हजार २२४ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।५ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाको मत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १६४ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३३७ सघन उपचारकक्ष, १९४ भेन्टिलेटर, १५ हजार ५३४ होम आइसोलेशन, एक हजार २७० संस्थागत आइसोलेशन र २५२ जना क्वारेन्टिनमा रहेका छन् ।
आज २६ हजार ४१९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा सात लाख ९७ हजार १९२ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९२ हजार ३४ जना एन्टिजेन विधिमा कोरोना देखिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१