लुम्बिनी विकास बैंक र कुटी रिसोर्टबीच सम्झौता

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७८
lumbin 3

पोखरा, ११ असोज । लुम्बिनी विकास बैंक लि. ले पोखरा लेकसाइडस्थित कुटि रिसोर्ट प्रालिमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट दिनका लागि सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकलाई उक्त रिसोर्टका विभिन्न सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छुट प्रदान गरिएको छ ।

सम्झौतामा बैंकतर्फबाट मुख्य प्रबन्धक दीपक खनाल र रिसोर्टतर्फबाट म्यानेजिङ डाइरेक्टर देवेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गरे। जसअनुसार रिसोर्टको विभिन्न सेवा तथा सुविधाअन्तर्गत ग्राहकले खाना तथा बस्न, व्यायाम तथा स्वास्थ्य क्लब, स्वीमिङ पुल, स्पा तथा साउनाको आनन्द लिन सकिनेछ।

‘निरन्तर सहयात्रा’ नाराका साथ बैंकले देशका ७२ शाखा र १७ एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । हाल बैंकले ग्राहकलाई निशुल्क डेबिट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width