पोखरा । नेपाल दूरसञ्चारको नेपाल टेलिकमले नमस्ते पे सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा एप सुरु गरिएको हो ।
टेलिकमको ६२ प्रतिशत र बैंकको ३८ प्रतिशत लगानीमा एप सञ्चालन भएको सहप्रवक्ता रञ्जित रैयाँले जानकारी दिए । उनका अनुसार नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले एप सञ्चालनमा ल्याएको हो । सहकार्य अनुसार टेलिकमले २५ करोड ८८ लाख र बैंक १५ करोड ११ लाख लगानी गर्नेछ । वित्तीय कारोबार डिजिटल बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याएको डिजिटल पेमेन्ट्स कम्पनी निर्देशक कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
मंगलबारदेखि व्यावसायिक रुपमा सुरु एप थप परिमार्जित गर्दै जाने उनको भनाइ छ । एपबाट अफलाइनबाटै पनि रिचार्ज गरिने सुविधा रहेको उनले बताए । प्रहरी, प्रशासन नपुग्ने ठाउँ जहाँ भाषा, भेषभूषासमेत छिमेकी देशको चल्ने ठाउँमा नेपाल टेलिकमको सेवा लिँदा त्यसले राज्य हुनुको अनुभूति दिलाउने उनको भनाइ थियो ।
यसैगरी, नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको जनाएको छ । प्रदेशमा ५ सय ३ वटा फोरजीका टावर राखिएको नेपाल टेलिकमका सहप्रवक्ता रैयाँले जानकारी दिए । सबै स्थानीय तहमा फोरजी पुगे पनि केही पालिकाका केही ठाउँमा भने नेटवर्क पुगिनसकेको उनले बताए । नेटवर्क नपुगेका ठाउँको पहिचान भइसकेको छ,’ उनले भने, ‘प्रदेशका ४८ ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ । ती ठाउँमा चाँडै टावर राखेर नेटवर्क पुग्ने व्यवस्था गर्छौं ।’ सहप्रवक्ता रैयाँले नेपाल टेलिकमको सिममध्ये टुजी भ्वाइस, थ्रिजी भ्वाइस र डाटा तथा फोरजी डाटा बेसिस रहेको बताए ।
नेपाल टेलिकमले सेवाको गुणस्तरसँगै प्रविधि पनि थपिरहेको जनाएको छ । उनका अनुसार पछिल्लो पटक फाइबर र फाइभजी बिस्तार भइरहेको छ । उनका अनुसार फाइबर टु दि होम सर्भिसका लागि ११ लाख ७४ हजार साइडको लागि तयारी भएको छ । ५ लाख ६४ हजारलाई वितरण गर्न योग्य रहेको र १ लाख ८३ हजारलाई वितरण गरिसकेको जानकारी गराए । सहप्रवक्ता रैयाँले फाइभजीको ट्रायल टेस्टको तयारी भइरहेको छ । ४ ठाउँमा परीक्षण स्थान तोकेर सेवा दिने तयारी भइरहेको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१