पोखरा । नेपाली कांग्रेसको २७ गते हुने भनिएको पालिकास्तरको अधिवेशन स्थगित भएको छ । कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका संशोधन गरिएसँगै यसअघि निर्धारित समयमै अधिवेशन नहुने भएको हो ।
निर्वाचन संयोजक महादेवप्रसाद यादवले प्रेस विज्ञप्तिमार्फत मिति सरेको जानकारी गराए । भदौ १८ मा वडा अधिवेशन गरेर सुरु भएको महाधिवेशनमा केही जिल्ला छुटेको थियो । छुटेका जिल्लाका वडा अधिवेशनको मितिसँगै केन्द्रीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।
संशोधित कार्यतालिका अनुसार अधिवेशन गर्न बाँकी २० जिल्लामा असोज ५ मा गाउँ वडा अधिवेशन हुनेछ । असोज ९ मा गाउँ/नगर अधिवेशन, १२ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ मा र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएकोमा जिल्ला अधिवेशन १८ गते हुनेछ ।
यस्तै, कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन हुने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१