पोखरा । नेपालले सन् १९९६ मा गोरखा दरबारसहितका सांस्कृतिक क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्न युनेस्को समक्ष प्रस्ताव गरेको थियो । त्यसबेला मुस्ताङस्थित मुक्तिनाथ उपत्यकाको गुफा र बास्तुकलालाई पनि सिफारिस गरिएको हो । १२ वर्षपछि सन् २००८ मा मुस्ताङकै लोमान्थाङ दरबार क्षेत्रलाई सूचीमा सूचीकृत गर्न प्रस्ताव गरियो । युनेस्कोले केही पटक ३ वटै क्षेत्रको अध्ययन पनि गर्यो । तर अहिलेसम्म सूचीकृत भएको छैन ।
तत्कालीन समयका प्रमुख दरबार विश्वसम्पदा सूचीमा राख्न पुनः छलफल सुरु भएको छ । ऐतिहासिक गोरखा दरबार र लोमान्थाङ दरबार क्षेत्र सम्पदा सूचीमा राख्न गण्डकी प्रदेश सरकारले छलफलमा ल्याएको हो । यसबाहेक तनहुँसुर दरबार क्षेत्र र कालीगण्डकी प्रशवण क्षेत्रलाई समेत सूचीमा समावेश गराउन आवश्यक पूर्वतयारी गर्ने निर्णय गरेको हो । गण्डकीको प्रदेश विकास समस्या समाधान समितिको बैठकमा विश्वसम्पदा सूचीमा सूचीकृत गर्न प्रस्तावित सम्पदाबारे विषयले प्रवेश पाएको थियो ।
समितिले जग्गा प्राप्ति समयमा नहुँदा प्रदेश गौरवका योजना अलपत्र परेको निष्कर्ष निकालेको छ । खासगरी अस्पतालका भवन, प्रदेश सरकारका प्रशासनिक भवन, गण्डकी विश्वविद्यालयसहित विभिन्न कार्यालयका भवनसहित प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाको काम जग्गा प्राप्त नहुँदा रोकिएको छ । ‘जग्गा प्राप्तिको समस्याका कारण प्रदेश गौरव लगायतका प्रदेशका प्राथमिकता प्राप्त र रुपान्तरणकारी आयोजना सञ्चालनमा आउन नसकेको हुँदा उक्त समस्या यथाशीघ्र समाधानका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरियो,’ समितिको निर्णयमा उल्लेख छ ।
यस्तै, संघीय निजामती ऐन यथाशीघ्र निर्माण गरी कार्यान्वयनमा ल्याउन पनि माग गरेको छ । यसपछि हुने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने गरी १० वटा बुँदा तयार गरिएको छ । प्रदेश र स्थानीय तहले समाधान गर्ने समस्याहरु २२ वटा निक्र्यौल गरिएको छ । यसअघि निर्णय भएर पनि कार्यान्वयनमा नआएका केही काममा समितिले ध्यानाकर्षण गराएको छ ।
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१