पोखरा । गण्डकी प्रदेशमा बुधबार ६ सय ८० जना संक्रमित थपिए । १ हजार २ सय ५६ नमुना परीक्षणमा ५४.१४ प्रतिशतमा पोजेटिभ देखिएको हो । तीमध्ये ३ सय ५२ पुरुष र ३ सय २८ महिला छन् । थपिएकामध्ये सबैभन्दा बढी कास्कीका छन् । जिल्लामा १ सय ८ पुरुष र ८९ महिला गरी १ सय ९७ जना संक्रमित थपिएका हुन् ।
यस्तै गोरखाका १ सय २१, मुस्ताङ १, म्याग्दी १०, पर्वत ८८ र लमजुङ २३ जनामा कोरोना भएको छ । यसैगरी तनहुँ ३४, बागलुङ ८४, स्याङ्जा ६८ र नवलपुर ५४ जना संक्रमित थपिँदा मनाङ शून्य रह््यो । योसँगै गण्डकीमा संक्रमितको कुल संख्या ७३ हजार ८ सय ६१ पुगेको छ । प्रदेशमा हाल ६ हजार १ सय ३२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ५ हजार ८ सय ११ जना बसेका छन् ।
पछिल्लो २४ घन्टामा ५ सय १९ निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ५ सय ७५ पुगेको छ । नेपालमा थप २ हजार ६ सय १६ जनामा कोरोना भाइरस संक्रमण देखियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ९ सय ७ पिसिआर परीक्षणमा बुधबार २ हजार ६ सय १६ मा संक्रमण भएको पुष्टि गरेको छ । यस्तै, एन्टिजेन विधिबाट ५ हजार ७ सय ४९ परीक्षणमा ८ सय ६५ मा संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ६ सय ५६ नमुना परीक्षणबाट ३ हजार ४ सय ८१ जनामा संक्रमण देखिएको छ ।
पिसिआर परीक्षणबाट नेपालमा कोरोना पुष्टि हुनेको संख्या ७ लाख २३ हजार २ सय ९६ पुगेको छ । २४ घन्टामा थप १ हजार ८ सय ८५ संक्रमणमुक्त भए । योसँगै निको हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।
गण्डकीमा थप ५ जनाको मृत्यु भएको छ । मंगलबार थप ८ जनाको मृत्यु भएको थियो । बुधबार सार्वजनिक तथ्यांक अनुसार मृत्यु हुनेमा स्याङ्जाका २ सहित कास्की, बागलुङ र तनहुँका १÷१ जना छन् । स्याङ्जा वालिङ ७ की ७२ वर्षीया महिलाकोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारक्रममा मृत्यु भएको हो । वालिङ ९ की ३५ वर्षीया महिलाकोे मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको हो ।
पोखरा ३२ का ७९ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल निधन भएको हो । तनहुँ व्यास १४ का ५१ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार ज्यान गएको हो । बागलुङ जैमिनी ३ की ५५ वर्षीया महिलाकोे गण्डकी मेडिकल कलेजमा मृत्यु भयो । यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुने १ हजार १ सय ५४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३० सँगै कुल १० हजार १ सय ८० जनाले ज्यान गुमाए ।
Related News
सम्बन्धित समाचार
चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१