काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमूना परीक्षणमा आज थप तीन हजार २१८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
एक हजार ७२२ सङ्क्रमणमुक्त
पछिल्लो २४ घण्टामा एक हजार ७२२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ६७ हजार २७० जना पुगेको छ । नेपालमा निको हुने दर ९३।६ प्रतिशत छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भइसकेको छ । नेपालमा सङ्क्रमणका कारण मृत्यु हुने दर एक दशमलव पाँच प्रतिशत रहेको छ ।
यसैगरी ७४६ जना सघन उपचारकक्ष ९आइसीयू० र १६९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै ३२ हजार २७ जना होमआइसोलेशन, तीन हजार ४०५ संस्थागत आइसोलेसन, ४४३ क्यारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा एक लाख ९१ हजार ३३९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
३ हजार २१८ सङ्क्रमित थपिए
काठमाडौँ उपत्यकामा आज थप ९१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् । अघिल्लो दिन काठमाडौँ उपत्यकामा जम्मा ७०१ जना सङ्क्रमित थपिएका थिए । शुक्रबार काठमाडौँमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना सङक्रमित थपिएका थिए । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४३२ जना रहेको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१