काठमाडौं । एकैदिन आज तीन हजार ७२९ जनामा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ६७५ मा गरिएको परीक्षणमा तीन हजार ७२९ मा सङ्क्रमण देखिएको पुष्टि भएको हो । आज थपिएका सङ्क्रमितसँगै सङ्ख्या सात लाख ७७ हजार ५८९ पुगेको छ । सक्रिय सङ्क्रमित ३४ हजार ९४२ जना रहेका छन् ।
उपत्यकामा ७०१ सङ्क्रमित
काठमाडौँ उपत्यकामा आज ७०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडाँैमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
१,८८५ निको
विगत २४ घण्टामा एक हजार ८८५ जना निको भई घर फर्किएका छन् । आजसँगै कुल छ लाख ६५ हजार ५४८ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३।७ प्रतिशत छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३५ जनाको निधन भएको छ । अहिलेसम्म कुल १० हजार १९ जना सङ्क्रमणको कारणले निधन भएको हो ।
यसैगरी ७३२ जना सघन उपचार कक्ष ९आइसियु०, १५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३१ हजार ४२७ जना होमआइसोलेसन, तीन हजार ५१५ जना संस्थागत आइसोलेसन, ३५६ जना क्यारेन्टिन रहेका छन् । विगत २४ घण्टामा एक लाख २० हजार ८९९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१