मनाङमा १८ वर्ष माथिका सबैले पाए काेभिडविरुद्धकाे खाेप

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७८
manang health

पाेखरा । गण्डकी प्रदेशकाे मनाङमा १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड १९ विरुद्धको खोप पाएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलकाे चासाे र प्राथमिकताका कारण मनाङ मुलुकभरकै पहिलाे काेभिडविरुद्धकाे पूर्ण खाेप सुनिश्चत भएकाे प्रदेश स्वास्थ्य सचिव बिनाेद बिन्दु शर्माले बताए ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार ४ हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् । कोभिशिल्डको दोस्रो चरणकाे खोप लगाउन १ सय ६५ जना  बाँकी छन् । मनाङमा कोभिशिल्डको पूर्ण खोप २ हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक २ हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना छन् ।

उनका अनुसार  स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको अनुमान गरेकाे थियाे । मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो । बाढी पहिराे र असहज परिस्थितिबीच पनि चुनाैती खेपेर जिल्लालाई पूर्ण खाेप घाेषणा गरिएकाे आचार्यले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width