पोखरा । छिमेकी मुलुक चीनबाट बिहीबार कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ८ लाख मात्रा प्राप्त भएको छ । चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट बिहीबार खोप ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए । ल्याइएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उनले बताए ।
उनले निगमको नियमित उडानमार्फत लगातार ४ दिनसम्म खोप चीनबाट आउने जानकारी दिए । साउन १५ सम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप आइसकेको छ ।
यसैबीच, एसियाली विकास बैंक (एडिबी) ले कोभिड–१९ विरुद्धको खोप किन्न नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी १ करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय बिहीबार गरेको मनिलास्थित बैंकको प्रधानकार्यालयले जनाएको छ ।
आफ्ना नागरिकलाई संक्रमणबाट बचाउन शीघ्र खोप खरिद अनिवार्य रहेको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पोखरा चाइल्ड स्टार उपाधि
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
बड्स एकेडेमीमा सदन विभाजन
स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१