निषेधाज्ञामा साधारणसभा गर्ने पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७८

नवलपुर । पूर्वी नवलपरासीमा निषेधाज्ञा उल्लंघन गरी साधारण सभा गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हुप्सेकोट गाउँपालिकामा रहेको देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामी र सचिव भीमनारायण रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहीबारलाई तोकिएको संस्थाको साधारण सभा तथा अधिवेशन स्थगित गर्न जिल्ला प्रशासनले गरेको पत्राचारको अवज्ञा गरेको भन्दै संस्थाका अध्यक्ष पुलामी र सचिव रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ३ हजारभन्दा बढी उपभोक्ता रहेको खानेपानी संस्थाको साधारण सभामा हुने भीडको कारण कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै प्रशासन कार्यालयले सभा स्थगित गर्न पत्राचार गरेको थियो ।
तर प्रशासनको पत्रको अवज्ञा गर्दै भेला आयोजना हुन लागेको जानकारी प्राप्त भएपछि संस्थाका अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।
साधारणसभासम्बन्धी जानकारी कार्यालयमा प्राप्त भएपश्चात् भेला आयोजना नगर्न अनुरोध र पुनः पत्राचारसमेत गर्दा अवज्ञा गरेपछि बिहीबारको भेला स्थगित गराउनको लागि अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएको प्रजिअ पंगेनीले जानकारी दिइन् ।
भेला आयोजना गर्नु पूर्व नै अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएकाले उनीहरुविरुद्ध मुद्दा नै भने दायरा नगरिने पंगेनीले बताइन् । अप्रत्यासितरुपमा हुने भेला तथा कार्यक्रममा सम्भावित भीड नियन्त्रण गर्न गाह्रो भए पनि पूर्व निर्धारित कार्यक्रम अनुसार भेला तथा सभा आयोजना गर्नु निषेधाज्ञाको अवज्ञा हुने प्रशासनको ठहर छ ।

Related News

सम्बन्धित समाचार

  • मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको  नियुक्तिविरुद् परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल…
  • गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले सोमबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणलगत्रै…
  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारबाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन् । शनिबार…
  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…

hero news full width

Recent Posts