पोखरा । कास्कीमा करिब २७ हजार सवारी कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७७/७८ मा २६ हजार ९ सय ९५ सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा १ वर्षभित्र दुई तथा चारपाङ्ग्रे गरी सो संख्यामा सवारी कारबाहीमा परेका हुन् ।
गत आर्थिक वर्षको साउनमा सबैभन्दा बढी ३ हजार ४ सय र कम जेठमा २ सय ३१ सवारी कारबाहीमा परेका थिए । असारमा ७ सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको कार्यालयले जनाएको छ ।
अधिकांश महिना लकडाउन भए पनि सवारी कारबाहीको संख्यामा कमी नआएको ट्राफिक कार्यालयले जनाएको छ । यसबीचमा ४ हजार ५ सय ५५ ट्रक/टिपर, ३ हजार ९ सय ७७ बस, ७ हजार १ सय ७१ कार/जिप तथा १ हजार २ सय ८५ ट्याक्टर कारबाहीमा परेका थिए । सबैभन्दा बढी दुईपाङ्ग्रे सवारी समातिएका थिए । १ वर्षभित्र १ हजार ४ सवारी कारबाहीमा परेको कार्यालयले जनाएको छ । आव २०७६/७७ मा ५४ हजार ३ सय ५० सवारी कारबाहीमा परेका थिए ।
कारबाही पर्नेहरुमा जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गर्नेहरु सबैभन्दा बढी छन् । नियम पालना नगर्ने तथा सवारी चालक अनुमति (लाइसेन्स) लगायत कागजात नभएकालाई कार्यालय कारबाही गरेको हो । आव २०७७/७८ मा सवारी कारबाहीबाट १ करोड ९० लाख ५९ हजार ७ सय राजस्व संकलन भएको छ । सबैभन्दा बढी साउनमा २५ लाख २३ हजार राजस्व उठेको हो भने सबैभन्दा कम जेठमा १ लाख ६२ हजार संकलन भएको छ । अघिल्लो वर्ष २०७६/७७ मा ४ करोड १० लाख १७ हजार राजस्व संकलन गरेको थियो ।
बन्दाबन्दीबीच चालू आवको अन्तिम महिना असारमात्रै १ हजार २ सय १५ सवारी कारबाहीमा पर्दा ८४ हजार राजस्व उठेको थियो । जसमा ८ सय ४ चारपाङ्ग्रे र ४ सय ११ दुईपाङ्ग्रे गाडी कारबाहीमा परेका थिए ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१