पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सदस्य अधिकारीलाई आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले सोमबार सपथ ग्रहण गराए । आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काको उपस्थितिमा उपाध्यक्ष काफ्लेले सपथ गराएका हुन् । सपथमा मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, मन्त्रालयका सचिवलगायत सहभागी थिए
३८ वर्षे अधिकारी युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट वातावरण विज्ञानमा विद्यावारिधि हुन् । उनी भारतको बैंगलोर युनिभर्सिटी भारतबाट माइक्रो बायोलोजीमा स्नातक गरेका छन् । युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट एक्सलेन्ट इन्टरनेसनल स्टुडेन्ट अवार्डसमेत प्राप्त गरेका छन् । उनीसँग जनप्रिय बहुमुखी क्याम्पस पोखराको माइक्रोबायोलोजी र बायोलोजी विभाग प्रमुखको कार्यानुभव छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा विज्ञान प्रविधि तथा अन्य विषयहरुमा अनुसन्धानमूलक दर्जनौं लेख प्रकाशन गरेका छन् ।
उक्त अवसरका मुख्यमन्त्री पोखरेलले युग सुहाउँदो व्यावहारिक नीति बनाउन युवा जोश प्रयोग गर्न आग्रह गरे । ग्लोबल भिलेजको अवधारणा सर्बव्यापी भएको अहिले अवस्थामा त्यसै अनुसारका नीति तथा कार्यक्रम र योजना बनाएर अगाडि बढ्नुपर्ने उनले बताए ।
आफ्नो अध्ययनको क्षेत्र अनुसार अनुभवको प्रयोग गर्दै प्रदेशलाई अझ अब्बल बनाउने प्रतिबद्धता सदस्य अधिकारीले जनाएका छन् । आयोगमा असार ५ गते नै उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । ३ सदस्यीय आयोगमा १ पद अझै खाली नै छ ।
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१