बेनी । धवलागिरी गाउँपालिका वडा ४, मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् विस्तार सकेसँगै शनिबारदेखि मुदीमा बिजुली बल्न थालेको हो ।
प्राधिकरण म्याग्दी विद्युत वितरण केन्द्रका सूचना अधिकारी रवीन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेट र स्थानीयवासीको श्रमदानमा मुदीका २ सय घरमा विद्युतीकरण भएको छ । यसअघि सोही वडाको खाम्ला, खारा र बाँसबोट लगायत गाउँका ६५ घरमा विद्युतीकरण भइसकेको थियो । गाउँपालिकाले पोल खरिद लगायत ट्रान्सफर्मर ढुवानीमा बजेट विनियोजन गरेको थियो । केन्द्रीय विद्युत लाइन वितरणका लागि मुदी र खाम्लामा १÷१ सय केभिए क्षमताका २ ट्रान्सफर्मर राखिएको छ ।
धवलागिरीको ताकम, मच्छिम, फलियागाउँ, मुना र दर हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत बिस्तार गरिएको छ । मुनाहुँदै मुदी र खाम्लासम्म बिजुली पु¥याउन मेन लाइनमा १ सय पोल प्रयोग भएको छ । मुदीमा वितरण लाइनमा ८२ वटा पोल प्रयोग भएको छ ।
त्यस्तै, मुदीको घना बस्तीमा १४ वटा पोलमा एबीसी केबलमार्फत् विद्युत प्रवाह गरिएको छ । मुदीमा सडक बिस्तार नहुँदै धवलागिरी गाउँपालिकाले २०७६ सालमा पहिलो हप्ता हेलिकोप्टरबाट २ ट्रान्सफर्मर ढुवानी गरेको थियो । बिजुली बलेसँगै उज्यालोको लागि सोलार, मट्टितेलको टुकीमा निर्भर हुने बाध्यता हटेको स्थानीय अगुवा विजय घर्ती मगरले बताए । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको उनको भनाइ छ । मुदीसम्म विद्युत पु¥याउन स्थानीयको तर्फबाट घर्ती मगरले अगुवाइ गरेका थिए ।
धवलागिरी गाउँपालिकाको उज्यालो पालिका कार्यक्रम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताइन् । मुदी र मुनाका सबै घरमा विद्युतीकरण भएपछि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी रहेको छ ।
उज्यालो पालिका कार्यक्रमअन्तर्गत गाउँपालिकाका ५० घरमा ५० वाटको सोलार बत्ती जडान गरिएको छ । यसअघि धवलागिरी ७, वडा ६ मराङ केही घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । मुनास्थित गाउँपालिकाको कार्यालयमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण भइसकेको छ । शनिबार मुदीको धलडाडाँमा रहेको नेपाल टेलिकमको टावरमा पनि विद्युत विस्तार गरिएको छ ।
लुलाङमा गाउँपालिकाले लघुजलविद्युत परियोजनामा ५० लाख रुपैयाँ र वडा ४ बगरमा गाउँपालिकाको ४० लाख र अमेरिकन एक संस्थाको २० लाख सहयोगमा २० किलोवाट क्षमताको सौर्य ऊर्जा मार्फत विद्युतीकरण गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पेन्सन क्याम्पमा भारतको गणतन्त्र दिवस
मुक्तिनाथमा नेपाली सेनाले बनायो दर्शनार्थीमैत्री विश्रामस्थल
गण्डकीमा पहिलो पञ्चवर्षीय योजना असफल, दोस्रोको तयारी
गण्डकी संसद : मुख्यमन्त्रीसँग प्रश्नोत्तर
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१