पेन्सन क्याम्पमा भारतको गणतन्त्र दिवस

आदर्श समाज सम्वाददाता
माघ १२, २०८०
indian day

पोखरा । भारतको ७५ औं गणतन्त्र दिवस पोखरास्थित भारतीय पेन्सन क्याम्पमा विविध कार्यक्रम गरी मनाइएको छ । शुक्रबार आयोजित कार्यक्रममा पेन्सन क्याम्प पोखराका प्रमुख लेफ्टिनेन्ट कर्नेल प्रशान्त सिंह बघेलले भारतीय सरकारले नेपाल र नेपालीका लागि साथै सेवानिवृत्त सैनिकहरूलाई सहयोग गरिरहने बताए । भारत सरकारले सेवा निवृत्त सैनिकको आश्रित परिवारको शिक्षा र स्वाथ्य पहिलो प्राथमिकता रहेको पनि उनको भनाइ थियो ।

विश्वमा फैलँदै गएको प्रदुषण र बिगँ्रदो पर्यावरणप्रति चासो राख्दै दूतावासले यो वर्षलाई स्वस्छता हस्ताक्षर अभियान वर्षका रुपमा सञ्चालन गरेको छ । विकास संरचामा मात्रै आधारित नभई मानव विकास र स्वस्थ्य वातावरणमा हुर्कन र रम्न पाउने अधिकार पनि विकास भएको भन्दै यो अभियानमा सहभागी हुन लेफ्टिनेन्ट कर्नेल बगेलले सबैलाई अनुरोध गरे ।

उक्त अवसरमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहल समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गरिएको छ । जेपी क्रसले उक्त पुस्तक विमोचन गरे ।

क्याम्पमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई एमबिबिएस तथा स्कुलस्तरको अध्ययनका लागि छात्रवृत्ति वितरण गरिएको छ । शिक्षासेवी जर्जजोनले छात्रवृत्ति वापतको चेक सम्बन्धित सरोकारवालाई चेक हस्तान्तरण गरे । कार्यक्रममा नेपाल भारत मैत्री विद्यालय पोखराका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुति प्रस्तुत गरेका थिए ।
सन् १९५० फेबु्रअरी २६ मा भारतमा गणतन्त्र घोषण भएको थियो । ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको भारतमा सन् १९५० को जनवरी २६ मा नयाँ संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै