मुस्ताङ । नेपाली सेना पश्चिम पृतना हेडक्वाटरले मुक्तिनाथ मन्दिर परिसरमा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीलाई लक्ष्य गरी विश्रामस्थल निर्माण गरेको छ । हालै निर्माण सम्पन्न भएको प्रारम्भिक स्वास्थ्य परीक्षण कक्ष तथा शौचालय सहितको दर्शनार्थीमैत्री विश्रामस्थल पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दीपककुमार बानियाले उद्घाटन गरे ।
नेपाली सेनाको युद्ध बाहेकका सैनिक अपरेसनहरु लाई थप प्रभावकारी बनाउने लक्ष्य अनुरुप नागरिक–सैनिक सम्बन्ध अभिबृद्धि गर्न यस्तो काम गरेको हो । विकट क्षेत्रमा बसोबास गर्ने नेपाली सेनाका हिताधिकारीहरु साथै अधिकांश÷बहुसंख्यक स्थानीयहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने किसिमले प्रत्येक वर्ष उपयुक्त जनहित कार्यहरुको छनौट गरी कार्यान्वयनमा ल्याउने नेपाली सेनाको नीति अनुसार उक्त संरचना निर्माण गरिएको हो । वारागुङ मुक्ति क्षेत्र गाँउपालिकाका उप प्रमुख ढिकी गुरुङ तथा मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई उक्त संरचना संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा पश्चिम पृतनाका पृतनापति उपरथि बानियाले मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि बहुउपयोगी निर्मित संरचनाको स्याहार सम्भार र दिगो नागरिक सैनिक सम्बन्धकोे स्मरणीय नमुनाको रुपमा रहुन भन्ने कामना गरे । नेपालकै एक महत्वपूर्ण पर्यटकीय तथा धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध रहेको मुक्तिक्षेत्रमा बर्सेनि लाखांै संख्यामा आउने आन्तरिक तथा बाह्य धार्मिक तिर्थाटन तथा पर्यटकहरुलाई प्रत्यक्ष रुपमा लाभ पु¥याउने उद्देश्यका साथ उक्त विश्रामस्थल निर्माण गरिएको उनले बताए । समुद्र सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर परिसरबाट मन्दिरसम्म जाने बाटोमा मन्दिर दर्शन गर्न आउने भक्तजनहरु तथा पर्यटकहरुलाई उकालो सिँढि उक्लँदा कठिनाई हुने र विभिन्न स्वास्थ्य समस्या देखिने भएकोले दर्शनार्थी मैत्री विश्रामस्थल प्राथमिक उपचार प्रदान गर्न तथा आराम गर्नको लागि निकै उपयोगी सावित हुने बताए ।
करिब १ रोपनी क्षेत्रफलमा र निर्माण भएको बहुउपयोगी संरचनामा पार्केटिङ सहितको मेडिकल कक्ष छन् । जसमा अक्सिजन सिलिन्डर सहितको २ वटा मेडिकल बेड एवं विभिन्न किसिमका अवश्यक मेडिकल सामग्री तथा औषधी उपलब्ध छन् । पुरुष र महिलामैत्री छुट्टाछुट्टै शौचालय, विश्रामका लागि १९ वटा बेन्चहरु लगायतका संरचनाहरु रहेका छन् । आकस्मिक थप उपचार गर्नु परेमा नजिकै ५० मिटरको दुरीमा हेलिप्याड समेत रहेको छ भने विश्रामस्थल पछाडिको इलाकामा एक हजार स्क्वायर फिट बराबर नेपालको हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने गरी नेपालको नक्सा समेत निर्माण गरिएको छ ।
उक्त संरचना निर्माणका लागि पश्चिम पृतना हेड क्वार्टरबाट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय, मुस्ताङबाट ८ लाख र नेपाली सेनाको श्रमदान वापत ४७ लाख ६० हजार गरी कुल ६४ लाख २७ हजार लागतमा निर्माण सम्पन्न भएको हो ।
उद्घाटन तथा हस्तान्तरण समारोह पश्चात सैनिक अस्पताल पोखरा, नं.२३ फिल्ड एम्बुलेन्स गुल्म, नारायणदल गण, वारागुङ मुक्ति क्षेत्र गाउँपालिका तथा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङसँगको सहकार्यमा भक्तजन तथा स्थानीयहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा सैनिक अस्पताल पोखरा तथा नं.२३ फि.ए गुल्मका डाक्टर अधिकृतहरु सहितको टोलीले ५० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा नं २३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि रोशन खड्का नं.घ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी विजितराज रेग्मी, श्री सैनिक उच्च शिखर शिक्षालयका शिक्षाधिकृत महासेनानी सुनिलसिंह राठौर, सैनिक अस्पताल पोखराका निमित्त कमान्डेन्ट प्रामसे डा.अजयराज भण्डारी, नारायणदल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटवाल लगायता पश्चिम पृतना अन्तर्गत युनिटका युनिट पति तथा सकल दर्जा, स्थानीय जनप्रतिनिधिहरु, जिल्ला स्थित सरकारी निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्धिजिवी, भक्तजन तथा स्थानीयहरुको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा पहिलो पञ्चवर्षीय योजना असफल, दोस्रोको तयारी
गण्डकी संसद : मुख्यमन्त्रीसँग प्रश्नोत्तर
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
‘कोदो समस्या हैन सोच समस्या हो’
न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०