वालिङ । स्याङ्जामा निषेधाज्ञा जेठ ३१ सम्म थप भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञा अवधि जेठ ३१ गते राति १२ सम्म बढाएको हो । यसअघिको आदेश सोमबारदेखि सकिँदै थियो ।
जिल्लामा कोभिड संक्रमण दर उच्च भएकाले रोकथाम तथा नियन्त्रणका लागि जेठ मसान्तसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।
आदेशमा दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण दैनिक बिहानमा मात्रै सञ्चालन गर्ने, बिहान ५ देखि ९ बजेसम्म दैनिक उपभोग्य खाद्य सामग्री दुध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ अत्यावश्यक निर्माणजन्य सामग्री सञ्चालन गर्न पाउने उल्लेख छ ।
राजस्व संकलन, विपद् व्यवस्थापन, सरकारी कामकाजको प्रयोजनबाहेक सबै बैंक तथा वित्तीय संस्था बन्द गर्नुपर्ने, अत्यावश्यक काम परी बैंकिङ सेवा सञ्चालन गर्नुपरेमा सम्बन्धित पालिकाकाको लिखित अनुमतिमा सञ्चालन गर्न सकिने निर्णय भएको छ । निषेधाज्ञा समयमा पहिलाजस्तै यसपटक पनि औषधि तथा अत्यावश्यक सेवा २४ सै घन्टा खुल्ने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१