पोखरा । पोखरा फूलबारीका प्रकाशचन्द्र रेग्मी पृथ्वीनारायण (पिएन) क्याम्पसमा प्राध्यापन गर्न थालेको १४ वर्ष भयो । ४५ वर्षीय रेग्मी पढाउन सुरु गरेदेखि नै आंशिक प्राध्यापकको रुपमा कार्यरत छन् । उनी स्नातक तहमा एकमात्र विषय भौतिक शास्त्र (विज्ञान संकाय) पढाउँछन् । आंशिक प्राध्यापकहरु माग पूरा गर्नुपर्ने भन्दै पटक–पटकको आन्दोलन उत्रिरहन्छन् । उनले पनि धेरै पटक आन्दोलनमा भाग लिए । तर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि वहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको पालासम्म आफ्ना जायज माग पूरा नहुँदा उनले भन्ने गरेको ‘ज्यालादारी’ मै सीमित छन् । आंशिक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाइका वरिष्ठ उपाध्यक्ष समेत रहेका रेग्मी सातामा २० पिरियड जति पढाउँछन् । यतिका समयसम्म पनि माग पूरा हुन नसक्दा दिक्क मान्दै उनी भन्छन्, ‘पृथ्वीनारायण क्याम्पस प्रशासन र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारीपन हो । वर्तमान राजनीतिक नेतृत्वसमेत दोेषी देखिन्छ । अबको आन्दोलन वार कि पार हुन्छ । हामीहरु छोड्नेवाला छैनौं ।’
मुलुक कोरोनाविरुद्ध लडिरहँदा पिएनमा भने आंशिक प्राध्यापकको आन्दोलन चलिरहेको छ । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरले प्रभाव पारेसँगै क्याम्पसले यस वर्ष पनि विभिन्न तहमा अनलाइन कक्षा सञ्चालन सुरु गर्नुपर्यो । तर आंशिक प्राध्यापकहरु भने माग पूरा नभइञ्जेल अनलाइन कक्षामा सहभागी नहुने भन्दै पठनपाठन रोकेका छन् । करिब १ महिनादेखि उनीहरुको आन्दोलनका कारण १४ हजार विद्यार्थीको नियमित पठनपाठन प्रभावित बन्न पुगेको छ । ‘फुलटाइम’ पढाउने प्राध्यापकले अनलाइनबाटै नियमित कक्षा लिए पनि आंशिक प्राध्यापकले कक्षा बहिस्कार गरेका हुन् । साथै आगामी असार ७ सम्म माग सम्बोधन नभए क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने अडान राखेका छन् ।
यसको निकासका लागि शुक्रबार भर्चुअल माध्यमबाट सरोकारवालाबीच वार्ता भएको छ । जसमा सहभागी थिए, क्याम्पस प्रमुख प्राडा सरोज कोइराला, सहायक क्याम्पस प्रमुख, क्याम्पस वार्ता कमिटी र आन्दोलनरत् आंशिक प्राध्यापक । वार्ता सुरुवातमै आंशिक प्राध्यापक संघ इकाइ अध्यक्ष सुनिल गौतमले माग सम्बोधन गर्न नसके क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने अडान राखेका थिए ।
क्याम्पस प्रमुख प्राडा कोइरालाले आंशिकको समस्या ठूलो भएकोले सम्बोधनका लागि पटक–पटक केन्द्रमा लगे पनि केन्द्रले नसुनेको भन्दै आफूले ‘मार्गप्रशस्त’ गर्ने बताएको वार्तामा सहभागी संघ अध्यक्ष गौतमले जनाए । मार्गप्रशस्तलाई आन्दोलनरत आंशिक प्राध्यापकले राजीनामा बुझेका छन् । तर क्याम्पस प्रमुख प्राडा कोइरालाले आफूले राजीनामा दिने नभनेको प्रष्ट पारे । उनले आदर्श समाजसँग कुराकानीमा भने, ‘उहाँहरुले मार्गप्रशस्त गर्नोस् भन्नुभएको थियो, मैले उहाँहरुको लागि क्याम्पसले २ करोड खर्च गर्न सक्छ । त्रिविले दरबन्दीमा राख्छ भने पनि क्याम्पसले खर्च गर्न तयार छ । नदिए आन्तरिक स्रोतबाट राख्न स्वीकृति दिनोस् भनी हामी आग्रह गर्दछौं भनेको हुँ । उहाँहरुले कुन रुपमा बुझ्नु भो, मैले राजीनामा गर्छु भनेको छैन ।’
पृथ्वीनारायण क्याम्पसमा आंशिक प्राध्यापकको आन्दोलनले १४ हजार विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।
वार्ता टोली संयोजक सहायक क्याम्पस प्रमुख यादवराज उपाध्यायले आंशिक प्राध्यापकको माग जायज भएकाले तोकिएको समयसीमाभित्र माग सम्बोधन हुने र यसले अब लामो समय नलिने आश्वासन दिएको आंशिक प्राध्यापक विष्णु गौतमले बताए ।
‘त्रिविका सेवा, शर्त, सुविधा बमोजिम सर्वप्रथम प्रक्रियामा लैजानुपर्छ । समान कामको समान ज्याला हुने गरी १३ महिनाको तलब दिइनुपर्छ,’ आंशिक प्राध्यापक संघ इकाइ अध्यक्ष सुनिल गौतम भन्छन्, ‘तत्कालका लागि १ सय ४० जनालाई प्रक्रियामा लैजान सकिनेबारे उहाँहरुले बोलेकै कुरा आफैँले कार्यान्वयन गर्न सक्नुहुन्न भने सधैँ होल्ड किन गरिरहने ?’
पोखराकै जेठो तथा ठूलो क्याम्पस पृथ्वीनारायणमा पूर्णकालीन र आंशिक गरी कुल ५ सय ४९ जना प्राध्यापक छन् । तीमध्ये २ सय १८ जना आंशिक छन् ।
आशिंक प्राध्यापककै कक्षाको भरमा क्याम्पसले ‘क्युएए’ उपाधि प्राप्त गरेको दाबी आंशिक प्राध्यापकको छ । माग सम्बोधन नगरी विश्वविद्यालयको भविष्य सिध्याउने, ३ वर्षदेखि पढाएको पारिश्रमिक नदिने, पटकपटक धोखा र भुलभुलैयाबाट समस्या बल्झाउने रणनीति लिएको उनीहरुले आरोपसमेत लगाएका छन् ।
डेढ वर्षअघि पनि यसैगरी आन्दोलन चर्किएपछि त्रिविद्वारा प्राडा ओमप्रसाद बरालको संयोजकतवमा वार्ता समिति गठन गरिएको थियोे । २०७६ माघ २० मा समिति र आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइबीचको सम्झौता अनुसार २०६३ देखि आंशिक रुपमा कार्यरत शिक्षकलाई आंशिक शिक्षकबाट महिनाबारी वेतनमा त्रिवि नियम, सेवा शर्त सहित (शिक्षण सहायक) परिणत गर्न निजहरुको अनुभव र निरन्तरता, कक्षाभार, आवश्यकता र औचित्यता पुष्टी हुने गरी पारदर्शिता, निष्पक्षता र सर्वमान्य सिद्धान्त अनुशरण गरी ३० दिनभित्र कार्यान्वयन गरी मासिक वेतनको सोही प्राध्यापकको सिनेटको बस्ने पहिलो बैठकबाट करारमा लैजाने भनी सम्झौता भएको थियो । सहमति कार्यान्वयन नगरी कोभिडको महामारीबीच अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिकामार्फत सिफ्ट मर्ज गरी विद्यार्थीले पढ्न पाउनुपर्ने अधिकार वञ्चित गर्दै आतंक फैलाउने कार्य गरेको पनि आंशिक प्राध्यापकको आरोप छ ।
१ पिरियडको लागि क्याम्पस छिर्न मरिहत्ते गर्ने तर पछि करार र स्थायी माग गर्दै आन्दोलन गर्ने प्रवृत्ति देशैभरका आंशिक प्राध्यापकहरुको समस्या सधैं उठ्ने गरेको कतिपयको टिप्पणी छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१