इराकसँग नेपालको हार

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७८
nepal iraq

पोखरा । अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा नेपाल इराकसँग ६–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा नेपालले पराजय भोग्यो ।

१ आत्मघाती गोल पाएको नेपालका लागि मनिस डाँगीले गोल गरेका थिए । मनिसको राष्ट्रिय टिममा डेब्यु गोल हो । उनीसँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका थिए ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपालको यो पहिलो खेल हो ।

नेपाली टोली अब विश्वकप छनोटका बाँकी ३ खेल खेल्न कुवेत जानेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width