लाग्थ्यो रेडियो, टिभीमा बारम्बार बजिरहने सूचनाको औचित्य के होला ? सुनेपछि मनमनै भनिन्थ्यो जाबो हात धुन पनि यसले भन्नुपर्ने मेरो हात म धुन्न ल कसलाई के हुन्छ ? हुने रैछ आफैलाई असर गर्ने रहेछ । यही हात शरीरका महत्वपूर्ण अंगमध्ये १ हो । अनि यही हात तपाईं हामीलाई लाग्ने रोगको प्रमुख कारक पनि हो । थाहा भएको र पाएको धेरै पहिला हो तर अहिले आएर हो भन्ने भएको छ । त्यसैले त केही सचेतता बढेको छ । अहिले विश्वभर फैलिएको कोरोनाले तपाईं हामीलाई प्रभाव त पारेकै छ । भन्नलाई मानव स्वास्थ्यमा भनिए पनि यसले असर नपारेको क्षेत्र नै रहेन अब । कोरोनाविरुद्धको खोप आइसकेको छ । कतिले त लगाइ पनि सकेका छन् । खोपले यो महामारी नियन्त्रण गर्नेमा वैज्ञानिकहरु पनि ढुक्क छैनन् । त्यसो त मास्कले नै हमीलाई कति सुरक्षित बनाएको छ भन्नेबारेमा कुनै वैधानिक आँकडा छैन । मास्क लगाएपछि भाइरस नाकमुखमा छिर्न पाउँदैन भन्ने विश्वास छ । त्यही विश्वासले हामीले मास्क प्रयोग गर्दै आएका छौं । सेनिटाइजरको पनि अवस्था त्यही हो ।
कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री ल्याउने प्रक्रियाकै क्रममा अनियमितता भएका खबर अब हाम्रा लागि नयाँ रहेनन् । कात्रोमा समेत कमिसन खान पल्केका सरकारी र निजी क्षेत्रका जिम्मेबार अधिकारीहरुबाट हामीले धेरै आशा पनि गर्नुपर्ने अवस्था छैन । सरकारले अहिलेसम्म जति गरेको छ त्यो नै धेरै हो भनेर बस्नुको विकल्प छैन । किनभने सरकारलाई जनताको भन्दा पनि सत्ताकै पीर छ । जनता चाहिने अहिले होइन चुनावका बेलामा मात्र हो । चुनावका बेलामा त कुनै न कुनै तरिकाले प्रभावमा पार्न सकिन्छ नि भन्नेमा सरकार र दलहरु विश्वस्त छन् । खोप ल्याउने कुरामा सरकारले भन्छ हामी त सम्वेदनशील नै थियौं नि निजी क्षेत्रले गर्छु भनेकाले छाडेको हो । आखिर कमिसनका मामलामा सरकारभन्दा धेरै कदम अगाडि देखियो निजी क्षेत्र पनि । सरकारी अस्पतालमा भरपर्दो सुविधा नपाइने अनि निजी अस्पतालले मौका यही भनेर ढाडै सेक्ने गरेको पनि हाम्रै मुलुकमा हो ।
दोष जसलाई जति लगाए पनि महामारीले भयंकर रुप लिइसकेको छ । यसबाट बच्ने उपाय गाली गलोज पक्कै होइन । त्यसैले आफै सचेत हुनु एकमात्र उपाय हो । नियमित हात धुने, भीडभाडमा नजाने, खानपानमा ख्याल गर्नाले हामी यसबाट जोगिन सक्छौं । फेरि दोहो¥याउँदा जाती हुन्छ कि आफ्नो हातलाई सबैभन्दा बढी अनुशासनमा राखौं । हात न हो जस्तो ठाउँमा पनि पुग्छ, जस्तो चिज पनि छुन्छ त्यसैले बारम्बार नाक कोट्याउने, आँखा मिच्ने जस्ता बानीमा सुधार ल्याउँदा पनि कोरोनाबाट बच्न सकिन्छ । त्यसैले आफ्नो डाक्टर आफैं हो, सचेत बनौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१