नवनियुक्त प्रदेश प्रमुखले सलामी खाएलगत्तै दिइन् गैरसंवैधानिक अभिव्यक्ति

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७८
pradesh pramukh (2)

पोखरा । गण्डकीमा माओवादी पृष्ठभूमिका प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर एमालेकी नेतृलाई नयाँ प्रदेश प्रमुखको रुपमा खटाइएको छ । नयाँ प्रदेश प्रमुख सीता पौडेलले बुधबार बिहानै पदभार सम्हालेकी छन् ।

उनले पोखरा टेक्ने बित्तिकै सभामुखलाई राजनीतिक धम्की दिएकी छिन् । सामान्य तयः प्रदेश प्रमुख स्वतन्त्र व्यक्ति हुन्छ । अर्थात् राजनीतिक भाषण कम गर्नुपर्छ । त्यसमा पनि सन्तुलन आवश्यक छ । तर पौडेलले बुधबार सभामुख नेत्रनाथ अधिकारीलाई धम्कीपूर्ण शब्द प्रयोग गर्दै सत्तारुढ दलले मागेको सभामुखको राजीनामामा उनले सहमति जनाइन् ।

‘संसद अवरुद्ध सत्तापक्षले गराएको होइन । प्रतिपक्षीले ग¥यो । सत्तापक्ष त निरन्तर गरौं भनेकै छ । सभामुले अनिश्चितकालका लागि सूचना जारी गरेर लथालिङ बनाउने काम गर्नुभयो,’ पौडेल भन्छिन्, ‘मतदानमा जाने प्रक्रिया सुरु भैसकेको छ । एकाएक बन्द गर्नुपर्ने अवस्था किन आयो ? त्यहाँबाट समाधान खोज्नुपर्छ । त्यसमा मेरो पहल हुन्छ ।’ उनले कानुनी आधारमा अविश्वास प्रस्ताव नै निष्कृय भइसकेको प्रतिक्रिया दिएकी छिन् ।

‘प्रस्तावमाथि छलफल सुरु भइसकेको, कार्यसूचीमा चढिसकेको, मतदानमा गइसकेको छ । एकाएक बन्द हुँदा सरकारलाई दोष दिने ठाउँ छैन,’ उनले भनिन्, ‘पूरै जिम्मेवारी सभामुखले लिनुपर्छ । कसरी निकास दिने हो, वहाँले दिनुपर्छ ।’ सभामुखको राजीनामा माग्ने घडी आईसकेको उनको भनाई छ ।

‘सभामखु ज्यूको राजीनामा माग्ने घडी आईसक्यो । कम्तीमा पनि मिलाउनुप¥यो । सल्लाह गरेको भए, यो जटिलता आउने थिएन नि,’ पौडेलले थपिन्, ‘धेरै कुरा, सभामुखमा समस्या देखियो । अब सहजीकरण गरेर फुकाउनुपर्छ ।’ सुरुमा उनले आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्ने बताएपनि त्यसपछि सभामुखमाथि खनिएकी हुन् ।

पौडेलले सुरुमा भनेकि थिइन्, ‘आगामी कार्यकाल आफ्नो कर्तव्य र अधिकार क्षेत्रहरुको परिधिभित्र बसेर प्रदेशको समन्वय, सहजीकरण मुख्य जिम्मेवारी हुन्छ । प्रदेशले बनाएका विधेयक प्रमाणीकरण गर्ने तथा संसदको बैठक बोलाउने, बजेट र नीति कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी छ ।’ उनले भने झैं बजेट प्रस्तुत गर्ने काम प्रदेश प्रमुखको होइन । उनले सबै दललाई मिलाएर लैजान र अवरुद्ध संसदलाई निकास दिन पहल गर्ने बताइन् ।

उनको यो अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य दलहरुले समेत आपत्ति जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width