नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका विजेता  खेलाडी सम्मानित

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७८
sports news unishs

पोखरा, ८ वैशाख । रानीपौवा स्पोर्टस सेन्टर प्रालिले नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका विजेता टेकेन्द्र गुरुङ, सरस्वती गुरूङ, सन्तोष गुरूङ, शर्मिला साहलाई सम्मान गरको छ ।

कोरोनाका कारण खेलकुद गतिविधि ठप्प भएको अवस्थामा खेलाडीले मेडल ल्याउँदा निकै खुसी लागेको स्पोर्टस् सेन्टरका सञ्चालक जितेश प्रधानले बताए ।

गत साता काठमाडौंमा आयोजित रूप कार्की मेमोरियल प्रथम नेपाल स्ट्रोङ्गेस्ट नेसनल पावर लिफ्टिङ च्याम्पियनसीपमा पोखराका टेकेन्द्र गुरूङ र राजकुमार घोजुले स्वर्ण जितेका थिए ।

देशभरबाट विभिन्न तौल समूहमा गरेर १ सय २० खेलाडी प्रतियोगितामामा गुरूङले ४० वर्षमाथि र घोजुले ५० वर्षमाथिको स्पर्धामा स्वर्ण जितेका हुन् ।

रानीपौवा स्पोर्टस सेन्टरले केही वर्षदेखि शारीरिक सुगठन र पावर लिफ्टिङका खेलाडी उत्पादन गरी विभिन्न प्रतियोगितामा सहभागिता गराउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width