लालिगाको दोस्रो स्थानमा रियल मड्रिड

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७७
real

पोखरा । स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित निकालेको छ । शनिबार भएको खेलमा रियलले इबरलाई २–० ले पराजित गरेको छ । रियलको जितमा मार्को एसेन्सियो र करिम बेन्जेमाको गोलमा रियलले जित निकालेको थियो ।

खेलको एसेन्सियोले ४१ औं मिनेटमा र बेन्जेमाले ७३ औं मिनेटमा गोल गरेका थिए ।

यो जितपछि रियल लिगको दोश्रो स्थानमा उक्लेको छ । २९ खेलमा रियलको ६३ अंक छ । एक खेल कम खेलेको एट्लेटि मड्रिडको ६६ र बार्सिलोनाको ६२ अंक छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै