देवचुली मेयर कप

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७७
devchuli mayor cup

नवलपुर  । देवचुलीमा भएको देवचुली मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा केउरानी युवा क्लब विजयी भएको छ ।

फारम नीलोसँगको खेल निर्धारित समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा केउरानी ४–२ गोलअन्तरले विजयी भएको देवचुली नगरपालिकाको युवा तथा खेलकुद विकास समिति अध्यक्ष भीमलाल तिवारीले बताए । केउरानी युवा क्लबका नवीन राना म्यान अफ दि म्याच घोषित भए ।

देवचुली नगरको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सहआयोजनामा मंगलदेखि प्रतियोगिता सुरु भएको हो ।

नवलपुरका १६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथमले १ लाख ५० हजार र दोस्रोले ७५ हजार रुपैयाँ प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् । सेमीफाइनलिस्टले २० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै, सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width