कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७७
nabindra raj joshi

काठमाडौं :नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ। आज शुक्रबार राति साढे ८ बजे उनको निधन भएको दाजु राजुराज जोेशीले जानकारी दिए।

जोशी पछिल्लो महिना मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचाररत थिए।

संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ८बाट निर्वाचित नेपाली कांग्रेसका सभासद जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर हुन्।

२०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा होमिएका ४२ वर्षीय जोशीले नेपाल विद्यार्थी संघको काठमाडौँ जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी सम्हालिसकेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका जोशीका राजनीतिक लेखरचना पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। उनी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष थिए।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • बड्स एकेडेमीमा सदन विभाजन

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो,…
  • स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । ‘रेशम फिरिरी’ गीतका गीतकार एवं सर्जक बुद्धि परियारको स्मृति ग्रन्थ सार्वजनिक गरिएको छ । समानान्तर साहित्यिक मञ्च पोखराले…
  • गाउँगाउँमा निशुल्क स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पाल्पा । बगनासकाली गाउँपालिकाले गाउँगाउँमा बृहत् स्वास्थ्य शिविर चलाएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक, असहाय र उपचारको लागि घरदेखि टाढा…

hero news full width