मिर्गाैला पीडित सुनारको सहयोग याचना

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७७
annapurna ~kidney

हेमजा । अन्नपूर्ण–१, नागडाँडाकाका ३६ वर्षीय डिलबहादुर सुनारका दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उनको उपचारका लागि परिवारले आर्थिक सहयोगको याचना गरेका छन् ।

स्थानीय नन्दबहादुर सुनारले भने, ‘कमाइ गर्ने छोरो बिरामी छ, दिनप्रतिदिन हातमुख जोर्ने जोहो गर्न पनि गाह्रो छ । कसरी उपचार गर्ने चिन्तै चिन्ताले हामीलाई पनि चित्तामा पुर्‍याउला जस्तो छ ।’

दिनभरि ज्याला मजदुरी गरेर छोराले हामी बुवाआमाको लालनपालन गरेको थियो, अहिले ऊ नै यस्तो अवस्थामा छ, हामी खान नपाएर र छोरा उपचार नपाएर मरिन्छ कि जस्तो छ पीडितका बुवा नन्दबहादुर भन्छन् ।

डिलबहादुरका भिनाजु आशबहादुर विकले प्रत्यारोपण गर्नको लागि धेरै खर्च लाग्ने भएको र पीडित परिवारको अवस्था कमजोर एवं दयनीय भएको हुँदा सक्दो सहयोग गरी डिलबहादुरलाई बचाउन आग्रह गरेका छन् । बिरामी डिलबहादुरको हाल ग्रिनसिटी हस्पिटल काठमाडौंमा उपचारत छन् ।

उनलाई सहयोग गर्न नन्दबहादुर सुनारको नाममा रहेको एनएमबी बैकको खाता नं. १२९००९६७२३५०००११ मा आर्थिक सहयोग तथा ९८०६५२८२३५ मा बिरामी र ९८०६५५११९१ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width